Logo

राजनीति

प्रधानमन्त्री ओलीबारे दिएकाे अभिव्यक्ति फिर्ता लिए सांसद् वैद्यले



नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीका सम्बन्धमा दिएको अभिव्यक्ति फिर्ता लिएका छन्।

प्रदेशसभाको शनिबार शुरु भएको बैठकमा सभामुखसँग समय मागेर बोलेको सांसद् वैद्यले शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका हुन्। भावआ’वेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको बताउँदै वैद्यले आत्मआ’लोचनासहित उक्त अभिव्यक्ति फिर्ता लिएका छन्।

वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुनै रि’सइवी नभएको प्रष्ट पारेका छन्। आफू हत्याहिंसामा विश्वास नगर्ने र गान्धीवादी नेता भए पनि उल्लेख गर्दै वैद्यले आवेशमै यस्तो अभिव्यक्ति दिएको धारणा राखे।

अभिव्यक्ति दिएपछि आफूले पनि संसदीय म’र्यादा बाहिर गएर बोलेको महसुस गरेको उल्लेख गरेका वैद्यले उक्त अभिव्यक्ति फिर्ता लिए।वैद्यले आफ्नो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुखले उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

शुक्रबारको बैठकमा उनले प्रधानमन्त्री ओलीको मनोमानी रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको बताएका थिए। साथै आवश्यकता परे आफू गोड्से बन्न तयार रहेको उद्घोष वैद्यले गरेका थिए। सांसद् वैद्यको अभिव्यक्तिको विषयमा नेपाली कांग्रेसले नै तत्काल उक्त भनाई फिर्ता लिन निर्देशन दिएको थियो।

नेकपा एमालेले पनि सांसद् वैद्यको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेको थियो। यसअघि, नेपाली कांग्रेसले आफ्ना नेता तथा बागमती प्रदेशसभाका सदस्य नरोत्तम वैद्यको अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको थियो।

नेपाली कांग्रेसका प्रवक्ता तथा सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी विवादा’स्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालो’चना गर्न प्रदेश सांसद् वैद्यलाई निर्देशन गरिसकिएको बताएका थिए।

‘बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण लगत्तै विवादा’स्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालो’चना गर्न निर्देशन दिइएको छ,’ प्रवक्ता शर्माले भनेका थियो, ‘प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम् र सजगता राख्न उहाँलाई सचेत समेत गराइएको छ।’

शर्माले ‘नेपाली कांग्रेस प्रष्ट छ अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन’ भनेका छन्। ‘आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन,’ शर्माले भनेका थिए।

शान्तिपूर्ण राजनीतिको शालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुने बताउँदै शर्माले संसद्मा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुने प्रष्ट पारेका छन्।

‘हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिं’सालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिर’क्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति छैन, पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोही बमोजिम आफूलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुन्छ भन्ने विषयमा नेपाली कांग्रेस प्रष्ट छ,’ शर्माले भनेका छन्।

रमेश खरेल अब राजनीतिमा ?

प्रकाशित : २९ जेष्ठ २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल