Logo

राजनीति

एमाले युवा नेतृ बरालले भनिन्, ‘वैद्यको अभिव्यक्ति सामान्य होइन, तत्काल पक्राउ गरी मुद्दा चलाउनुपर्छ’



काठमाडौं, २९ जेठ – नेकपा एमालेकी युवा नेतृ सुनिता बरालले नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन्।

साथै प्रदेशसभा सदस्य वैद्यलाई पक्राउ गरी तत्काल कानूनी कारबाही गर्न युवा नेतृ बरालले माग गरेकी छिन्।

बागमती प्रदेशसभाकाे शुक्रबारकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने अभिव्यक्ति दिएका वैद्यको अभिव्यक्तिको छानवीन गर्न पनि उनले माग गरेकी छिन्।

‘नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले बागमती प्रदेशसभाको बैठकको रोष्टममा उभिएर महात्मा गान्धीलाई नाथुराम गोड्सेले मारेझैं केपी शर्मा ओलीलाई मार्नुपर्छ र मार्छु भनेर बोलेका छन्, प्रदेशसभाको बैठकमा पार्टीका अध्यक्ष र प्रधानमन्त्री लाई हत्या गर्छु भनेर बोल्न व्यक्तिलाई प्रदेशसभाबाट निलम्बन गरी तत्कालै पक्राउ गरी ज्यानमार्ने उद्योग गरेको अभियोग मुद्दा चलाउनु पर्छ, यो विषय सामान्य होइन। यसलाई सामान्य बनाइनु हुँदैन, यो एउटा व्यक्तिको मात्रै साहसको विषय मात्रै पनि हुन सक्दैन, गम्भीरतापूर्वक छानवीन हुनुपर्छ,’ बरालले भनिन्।

शुक्रबार बागमती प्रदेशसभाको बैठकमा बैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेकाले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार हुने अभिव्यक्ति दिएका थिए। नाथुराम गोड्सेले भारतमा महात्मा गान्धीको हत्या गरेका थिए।

वैद्यको अभिव्यक्तिप्रति गम्भीरताका साथ दिँदै नेपाली कांग्रेसले उनलाई तत्काल माफी माग्न निर्देशन दिएको छ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : २९ जेष्ठ २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल