Logo

राजनीति

ढल्यो गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत



कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेश सभाबाट विश्वासको मत पाएनन्।

बिहीबार भएको मतदानमा उनको पक्षमा २७ मत परेको छ भने उनको विपक्षको ३० मत परेको छ। यससँगै उनी पदमुक्त भएका छन्।

५८ जना सांसद उपस्थित भएका थिए। ५७ सांसदले मतदान गरेका थिए। प्रदेशसभाको ठूलो दलको नेता भएकाले उनी गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका थिए।

त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वा’सको मत दिनुपर्ने प्रावधान संविधानमा छ। संवैधानिक प्रावधानअनुसार उनले विश्वासको मत लिएका हुन्।

मुख्यमन्त्री गुरुङलाई सरकारमा रहन ३१ मत आवश्यक थियो। आवश्यक संख्यामा विश्वासको मत नपाएसँगै मुख्यमन्त्री गुरुङ पदमुक्त भएका हुन्।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाकाे अन्तरवार्ता

प्रकाशित : २७ जेष्ठ २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल