Logo

राजनीति

दिपक मनाङे सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशमा खैलाबैला, सरकार र विपक्षी दुबैलाई बहुमत नपुग्ने



गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार संसदमा विश्वा’सको मत मागेका छन्।

प्रदेशसभाको ठूलो दलको नेता भएकाले उनी गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका थिए। त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वा’सको मत दिनुपर्ने प्रावधान संविधानमा छ। संवैधानिक प्रावधानअनुसार उनले विश्वा’सको मत मागेका हुन्।

आवश्यक संख्यामा विश्वा’सको मत नपाएमा मुख्यमन्त्री गुरुङ पदमुक्त हुनेछन्। गण्डकी प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा छ ६० सदस्यीय प्रदेशसभामा एमालेसँग २७ सांसद छ। विश्वासको मतका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक हुन्छ।

प्रदेशसभामा काँग्रेसको १५, माओवादी केन्द्रको सभामुखबाहेक ११, राष्ट्रिय जनमोर्चाको ३ र जसपाको २ सांसद छन्। चार दलको विपक्षी गठबन्धनले गुरुङवि’रुद्ध मतदान गर्न ह्वीप जारी गरेको छ।

तर जनमोर्चाका सांसद कृष्ण थापाले गुरुङलाई समर्थन गर्छन् वा विपक्षी गठबन्धनलाई निश्चित छैन। शुरुदेखि नै उनी मुख्यमन्त्री गुरुङको पक्षमा भिएका छन्। त्यसबापत उनलाई जनमार्चाले कारवाही पनि गरेको थियो तर सर्वोच्चले अन्तरिम आदेश दिँदै उनको पद पुनर्बहाली गरेको थियो।

उनले विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गरेपनि सरकारलाई बहुमत जुटाउन थप तीन सांसद आवश्यक हुन्छ।

यसैबीच गण्डकी प्रदेशम स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे) सम्पर्कविहीन भएका छन्। समाचार तयार गर्दासम्म उनी प्रदेश सभा बैठकमा उपस्थित भएका छ्रैनन्। उनको मोबाइल पनि अफ रहेको बताइएको छ भने सहयोगीहरु पनि सम्कर्पभन्दा बाहिर छन्। मनाङेले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको विपक्षी गठबन्धनलाई सघाएर सहयोग गर्ने वचन दिएका छन्।

उनी बैठकमा उस्थित नभएपछि सरकार पक्षसँगै विपक्षी गठबन्धनलाई पनि बहुमत जुटाउन नसक्ने अवस्था सिर्जना भएको छ। जनमोर्चाका सांसद थापाले मुख्यमन्त्री गुरुङलाई साथ दिएपनि मनाङेलाई समर्थन दिएमा विपक्षीको महुमत पुग्छ। विपक्षी गठबन्धनका सांसदले फ्लोर क्रस गरेमा गुरुङले विश्वासकोम मत पाउनेछन्।

कुनै पनि पक्षमा बहुमत नपुगेर प्रदेशसभा विघटन हुने अवस्थामा आएपछि स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे)ले विपक्षी गठबन्धनलाई सघाउने निधो गरेका थिए। मनाङे हाल एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका छन्।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापासँगकाे अन्तरवार्ता

प्रकाशित : २७ जेष्ठ २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल