Logo

समाचार

राष्ट्रपति कार्यालयलगायत विपक्षीका नाममा कारण देखाउ आदेश, असार ९ सम्म रोकियो इजलास



काठमाडौं – सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धीको मुद्दामा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलगायत विपक्षीका नाममा देखाउ आदेश जारी गरेको छ।

बुधबारको सुनुवाइपछि इजलासले विघटनसम्बन्धी मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो। यससँगै असार ९ गतेसम्मका लागि इजलास स्थगित गरिएको छ। यी मुद्दामा असार ९ गतेदेखि नियमित सुनुवाइ हुने पनि इजलासले निर्णय गरेको हो।

शेरबहादुर देउवालगायतका सांसदहरु पक्षका अधिवक्तहरुले अन्तरिम आदेश माग गरेपनि इजलासले त्यो भने दिएन। रिट निवेदकमध्ये शेरबहादुर देउवासहितका १ सय ४६ सांसदको निवेदनलाई प्राथमिकता दिएर सुनुवाइ हुने भएको हो।

देउवालगायतको निवेदनको परिणामले अन्य रिट निवेदनलाई प्रभाव पार्ने भन्दै उक्त निवेदनलाई सुरुमा सुनुवाइ गर्ने भएको हो। बुधबार सुनुवाई शुरु हुनुभन्दा अघि इजलासका २ न्यायाधीशलाई लिएर विवाद भएको थियो।

तर, न्यायाधीशहरुले इजलास नछोड्ने बताएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले इजलासमा सुनुवाइ अघि बढाएका थिए।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापासँगकाे अन्तरवार्ता

प्रकाशित : २६ जेष्ठ २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल