Logo

समाचार

मोटोपनले सताएर हैरान हुनुहुन्छ? कठिन व्यायामले मात्रै हुँदैन, यसो गरे घट्छ शरीरको तौल



काठमाडौं, २४ जेठ – कोरोना प्रकोप बढेपछि शुरु भएको लकडाउनका कारण बाहिर निस्किने वातावरणमा छैन। त्यसैले शारीरिक समस्या बढ्न सक्छन्।

मोटोपन अधिकांश मानिसमा जटिल समस्याको रुपमा देखिने गरेको छ। मोटोपनले मानिसको शारीरिक बनावट बिगार्छ।

मोटोपनले विभिन्न किसिमका रोगहरू पनि निम्त्याउन सक्छ। त्यसैले खानेकुरामा विशेष ध्यान दिनुपर्ने चिकित्सकले सुझाव दिएका छन्।

बजन घटाउने धेरै विधि छन्। निरन्तर कठिन व्यायाम गर्नुले मात्रै बजन घट्दैन। बजन घटाउनका लागि खानपानमा पनि उत्तिकै ध्यान दिनुपर्छ।

शारीरिक समस्याकै रुपमा रहेको मोटोपनको निराकरण के छ त? यहाँ केही महत्त्वपूर्ण जानकारी प्रस्तुत गरिएको छ।

–ब्रेकफास्टमा चिल्लो कम भएका खानेकुरा खानुपर्छ।

–ब्रेकफास्टमा अण्डा लिनसक्नु हुन्छ। यसमा प्रोटिन, भिटामिन बी र फोलिक एसिड पर्याप्त हुन्छ। जसले स्वास्थ्य र छालालाई राम्रो बनाउने चिकित्सकहरूले जानकारी दिएका छन्।

–ब्रेकफास्टमा गुलियो कुरा नखानुस्। यो स्वास्थ्यका लागि नराम्रो हुनुका साथै यसले अल्छी र ज्यान आलश्य बनाउँछ।

–ब्रेकफास्टमा जुसको सट्टा फलफुल खान चिकित्सकहरूको भनाई छ।

–खाना खाइसकेपछि पेय पदार्थहरू नलिनुस्।

–चिनी मिसाइएको गुलियो पेय पदार्थ लिनुभन्दा कागती–पानी, नरिवल पानी र मोहीको सेवन गर्नुस्।

–तनाव लिँदा पनि बजनमा असर पर्छ। त्यसैले तनाव लिनुहुँदैन।

–बढी डाइटिङबाट बच्नुस्।

–काक्रा, खरबुजा, टमाटरलगायत पानी पनि पाइने कुराको सेवन गर्नुस्।

–बढी क्यालोरी भएका खाने कुरा नखानुस्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : २४ जेष्ठ २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल