Logo

समाचार

संसद विघटनविरुद्धको रिट सुनुवाइका लागि संवैधानिक इजलास पुर्नगठन, को–को परे ?



काठमाडौं – प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटको सुनुवाइका लागि संवैधानिक इजलास पुनर्गठन भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफ्नो नेतृत्वमा संवैधानिक यजलास पुनर्गठन गरेका हुन्। पुर्नगठित इजासलमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिएका हुन्।

इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई छन्।

यसअघि गठन भएको संवैधानिक इजलासको न्यायाधीशमाथि प्रश्न उठेपछि विवाद भएको थियो। कानुन व्यवसायीले केही न्यायाधीशको उपस्थितिलाई लिएर विवाद गरेपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताका आधारमा अर्को इजलास गठन गर्ने घोषणा गरेका थिए।

यसअघि गत पुस ५ गतेको प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धा सुनुवाइका लागि गठित इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीमाथि स्वार्थ बाझिने भन्ने प्रश्न उठेको थियो। विगतमा कार्की महान्यायाधिवक्ता रहेका कारण प्रधानमन्त्रीविपक्षी रहेको मुद्दामा स्वार्थ बाझिने भन्दै रिट निवेदकपक्षका कानुनव्यावासायीले प्रश्न उठाएपछि उनले इजलास छाडेका थिए।

यस्तै, प्रधानन्यायाधीश जबरापछि वरिष्ठताको क्रममा चौथो नम्बरमा रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ पनि संवैधानिक इजलासमा परेका छैनन्। परिवारमा कोरोना संक्रमित रहेकाले आइसोलेसनमा बस्नु परेकाकारण श्रेष्ठ इजालसमा नपरेको सर्वोच्च अदालतले जानकारी दिएको छ।

रमेश खरेल अब राजनीतिमा ?

प्रकाशित : २३ जेष्ठ २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल