Logo

स्वास्थ्य

दक्षिण कोरियाद्वारा नेपाललाई दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ सामग्री हस्तान्तरण



कोरिया गणतन्त्र सरकारले जून ४, २०२१ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरियाको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (KOICA) मार्फत दुई लाख अमेरिकी डलरको १७ हजार ७ सय ६० आरटी पिसिआर टेस्ट किटको सेट प्रदान गरेको छ।

महामहिम राजदूत पार्क छोङ सुकले किटहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य र जनसंख्या मन्त्रालयका स्वास्थ्य समन्वय डिभिजनका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई हस्तान्तरण गरेका थिए।

हस्तान्तरण क्रममा  नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क छोङ सुकले यो सहयोगले नेपाल सरकारलाई कोभिड १९ को दोस्रो लहरलाई नियन्त्रण गर्न सहयोग गर्ने बताए। किट हस्तान्तरण पश्चात् नेपाली जनताको सामूहिक परीक्षण गर्न सहयोग पुग्ने डा‍. रोशन पोखरेलले व्यक्त गरे महामारीको समयमा नेपाललाई निरन्तर सहयोग पुर्याएकोमा कोरियाली सरकारलाई उनले धन्यवाद दिए।

कोभिड १९ महामारीको दोस्रो लहरविरुद्ध लड्न नेपाल सरकारलाई सहयोग पुर्याउन रिपब्लिक कोरिया र कोइकाले आउँदो जुलाई/ अगस्त सम्म ३७८ पिस अक्सिजन कन्सर्टेटर खरीद सहित नेपाल सरकारलाई प्रदान गरिने जानकारी गराइएको छ। दक्षिण कोरियाले यस कठिन संकटकालमा नेपाललाई सँधै सहयोग पुर्याएको छ।

यो भन्दा पहिला भूकम्प, प्राकृतिक प्रकोप महामारी जस्ता विपत्तिमा पनि सहयोग गर्दै आएको छ। दक्षिण कोरियाले बिस्तारै नेपालमा अनुदान सहयोग बढाउँदै गएको छ।

रमेश खरेल अब राजनीतिमा ?

प्रकाशित : २२ जेष्ठ २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल