Logo

राजनीति

उपप्रधानसहित जसपाका महन्थ–राजेन्द्र समूहलाई ८ मन्त्रालय, यी नेताहरु मन्त्री बने



काठमाडौं – जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष आठ मन्त्रालयसहित सरकारमा जाने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताहरुबीच शुक्रबार भएको छलफलमा ८ मन्त्रालयको टुंगो लागेको हो। जसपाले शहरी विकास, उर्जा, खानेपानी, भूमि व्यवस्था, श्रम, युवा तथा खेलकुद, महिला बालबालिका र वन मन्त्रालय पाएको छ।

जसपाले पाउने ८ मन्त्रालय टुंगिएसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन्। जसपाले पाएको ८ मध्ये ५ मन्त्रालय हाल प्रधानमन्त्रीसँग छ। तर महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमिव्यवस्था मन्त्री डा. शिवमाया तुम्बाहाम्फे छिन्।

नयाँ सहमतिसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन्। तर रक्षा, गृह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्रीसँग छ।

वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा महन्थ पक्ष सरकारमा जान लागेको हो। यससँगै शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्ने भएका छन्।

महतो उपप्रधान तथा शहरी विकास मन्त्री हुनेछन् भने भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन्। झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दा श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय परेको छ।

यस्तै चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकबाल मिया वन तथा वातावरण् मन्त्रालयको जिम्मेवारी दिइने बताइएको छ।
जसपाले दुई राज्यमन्त्री पनि टुंगो लगाएको छ । चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुने महन्थ पक्षका एक नेताले जानकारी दिएका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : २१ जेष्ठ २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल