Logo

खेलकुद

नेपाल र जोर्डनबीच चाैथाे महाभिडन्त हुँदै, यस्ताे छ हालसम्मकाे नतिजा



काठमाडौं – विश्वकप छनोट तथा एसियन कप छनोटअन्तर्गत नेपालले जेठ २४ गते जोर्डन को सामना गर्दै छ।

खेल कुवेतमा नेपाली समयअनुसार राति ९ः४५ बजे शुरु हुनेछ। जोर्डनसँग नेपालको यो समग्रमा चौथो खेल हो। यसअघि भएका ३ खेलमा नेपालले जित निकाल्न सकेको छैन।

जोर्डनसँगको खेल एसियन कपको अघिल्लो चरणमा प्रवेश गर्न नेपालका लागि महत्त्वपूर्ण छ। सँगै नेपाललाई जोर्डनविरुद्ध पहिलो जित निकाल्दै इतिहास बनाउने अवसर पनि छ।

नेपाल र जोडर्नबीच सन् २०११ को जुलाईमा पहिलो खेल भएको थियो। विश्वकप छनोटको उक्त खेलमा नेपालले ९–० को लज्जास्पद हार बेहोरेको थियो।

त्यसको ५ दिनपछि पुन नेपाल र जोर्डनबीच विश्वकप छनोटका दोस्रो खेल भएको थियो। सो खेल एक–एक गोलको बराबरीमा सकिएको थियो। त्यसको ८ वर्षपछि सने २०१९ को अक्टोबरमा विश्वकप छनोटकै खेलमा नेपाल र जोडर्नको भेट भयो। उक्त खेलमा नेपाल ३–० गोलले पराजित भयो।

हालसम्मको स्थितिमा नेपालले जोर्डनविरुद्ध एक गोल मात्र गरेको छ। जोर्डनले नेपालविरुद्ध १३ गोल गरेको छ। नेपालका लागि उक्त एक गोल भरत खवासले गरेका थिए।

फिफा वरियतामा जोर्डन ९५ औं स्थानमा छ। नेपाल १ सय ७१ औं स्थानमा छ। जोर्डन तुलनात्मकरुपमा नेपालभन्दा बलियो टोली हो।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : २१ जेष्ठ २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल