Logo

खेलकुद

चाइनिज ताइपेईमाथि नेपालको ऐतिहासिक जीत, २–० ले विजयी



काठमाडौं, २१ जेठ – नेपालले चाइनिज ताइपेइलाई २–० को जीत दर्ता गरेको छ। फिफा विश्वकप–२०२२ तथा एशियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेईमाथि सहज जीत हासिल गरेको हो।

नेपालका लागि अञ्जन बिष्ट र नवयुग श्रेष्ठले १–१ गोल गरेका हुन्। नेपालले खेलको तेश्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको हो। पेनाल्टीमा अञ्जन बिष्टले गोल गरेर नेपाललाई १–० ले अगाडि बनाए।

नेपालका तर्फबाट खेलको ८१औं मिनेटमा नवयुग श्रेष्ठले एक गोल थपेर नेपाललाई शानदार जीततर्फ अघि बढाएका हुन्। चाइनिज ताइपेईविरुद्धको जीतसँगै नेपाल विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने भएको छ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : २१ जेष्ठ २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल