Logo

आर्थिक

भोलिबाट ग्यास ११ सय २० रुपैयाँमा र चिनी ६३ रुपैयाँमा पाइने



काठमाडाैं, २० जेठ – सरकारले बजेटमार्फत व्यवस्था गरेको खाद्यान्नसहित अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिदमा २० प्रतिशत छुट दिन थालिएको छ ।

बिहीबार सरकारी निकायका दुई व्यापारिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । सरकारले बजेटमार्फत घोषणा गरेको खाद्यान्न लगायत तोकिएका दैनिक उपभोग्य वस्तुहरुमा राहत छुट दिन थालिएको संस्थानहरूले जनाएका छन् ।

खाद्य तथा व्यापार कम्पनीबाट बिक्री वितरण हुने चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै साल्ट ट्रेडिङबाट बिक्री वितरण हुने पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउने एलपी ग्यासमा पनि २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

खाद्य तथा व्यापार कम्पनीबाट बिक्री वितरण हुने चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै साल्ट ट्रेडिङबाट बिक्री वितरण हुने पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउने एलपी ग्यासमा पनि २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

योसँगै अब साविकको मूल्यमा कम्पनीबाट बिक्री वितरण हुने चामलमा २० प्रतिशत कम मूल्यमा चामल पाइने भएको छ भने साल्टबाट विक्रि वितरण हुने प्रति केजी पिठो ४४ रुपैयाँ, चिनी ६३ रुपैयाँ २० पैसा, नून १३ रुपैयाँ, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर एक हजार १२० रूपैयाँमै पाइने भएको छ ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत राहत सहुलियत र आर्थिक पुनरुत्थान कार्यक्रम अन्तरगतको बुँदा नम्बर ५५ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट विक्री हुने चामल, खाद्यान्न नून, तेल, चिनीसहित खाना पकाउने एलपी ग्यासमा निषेधाज्ञाभर अधिकतम २० प्रतिशत छुट दिने घोषणा गरेको थियो ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)


सामान किन्नको लागि भने थ्रे,सहोल्ड राखिएको छ । पिठो र चीन दुई/दुई केजी, भटमास तेल १ लिटर, खाना पकाउने ग्यास १ सिलिन्डर र चामल अधिक्तम ३० केजी थ्रेस होल्ड कामय गरिएको छ । किन्ने क्रममा नागरिकता वा सरकारी परिचयपत्रको फोटोकपी चाहिने छ

प्रकाशित : २० जेष्ठ २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल