Logo

राजनीति

कोरोनामुक्त भएपछि पूर्वराजा ज्ञानेन्द्रले जारी गरे भिडियो सन्देश (भिडियोसहित)



काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले एक भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्।

उनले मानवीय कार्यमा खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैप्रति आभार व्यक्त गरेका छन्।

उनले भिडियो सन्देशमा प्राप्त अन्तर्राष्ट्रिय सहयोगका लागि पनि धन्यवाद दिएका छन्। महामारीमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्नली व्यक्त गर्दै पूर्वराजा शाहले मृतकको परिवारमा समवेदना प्रकट गरेका छन्।

‘हाम्रो स्वास्थ्यबारे चिन्ता चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहेका सबै नेपालीहरुप्रति हामी आभार व्यक्त गर्दै यस महामारीमा दिनरात आफ्नो दायित्व र मानवीय कार्य गर्ने सबै अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्ताहरुलाई हामी अन्तरआत्मादेखि धन्यवाद दिन चाहन्छौं,’ पूर्वराजा शाहले भनेका छन्।

पूर्वराजा शाहले आफू र श्रीमती पूर्ण स्वास्थ्यलाभको क्रममा रहेको जानकारी दिएका छन्। ‘अहिले हामी दुबैजना पूर्ण स्वास्थ्यलाभको क्रममा छौं, तर देश र बाहिरको महामारीको अवस्थाप्रति हामी चिन्तित छौं।’

महामारीको प्रक्रिया जारी रहेको बताउँदै पूर्वराजा शाहले यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै संकल्प र बहिरिए सहयोगको आवश्यक पर्ने उनले बताएका छन्।

प्रकाशित : २० जेष्ठ २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल