Logo

खेलकुद

चाइनिज ताइपेइकाे सामना गर्न नेपाली टिम तयार, यस्तो छ नेपालकाे रणनीति



काठमाडौं – विश्वकप छनोटअन्तर्गत चाइनिज ताइपेइविरुद्धको खेलका लागि नेपाली फुटबल टोली कुवेतमा छ।

नेपाल र चाइनिज ताइपेइबीचको खेल बिहीबार(आज) राति ९ः४५ बजे हुनेछ। खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्नेछ। इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली उतैबाट कुवेत गएको थियो।

नेपाल र ताइपेइले हालसम्म २ वटा खेलमा मात्र प्रतिस्पर्धा गरेका छन्। तीमध्ये एक खेल बराबरीमा सकिएको छ भने एक खेल नेपालले जितेको छ।

सन् २०१९ को जुन महिनामा भएको मैत्रीपूर्ण खेलमा दुई टोलीले एक–एक गोलको बराबरी खेलेका थिए। त्यसपछि सोही वर्षको सेप्टेम्बरमा भएको विश्वकप छनोट खेलमा नेपाल २–० गोलले विजयी भएको थियो।

विश्वकप छनोटको समूह बी मा रहेको नेपाल ५ खेलबाट ३ अंक बटुल्दै तालिकाको चौथो स्थानमा छ। ताइपेइ ५ खेलबाट अंकबिहीन हुँदै पाँचौं स्थानमा छ।

यसैबीच नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चाइनिज चाइपेइविरुद्ध जितको लक्ष्यसहित मैदान उत्रने बताएका छन्।

खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै अतमुताइरीले ताइपेइविरुद्ध खेल कठिन हुने जानकारी दिएका छन्। ‘कुवेतमा खेल्न सहज छैन। दुवै टोलीलाई खेल निकै कठिन हुनेछ,’ उनले भने।

‘हामी समूहको चौथो स्थान पक्का गरेर एसियाली कप छनोटमा राम्रो स्थान हासिल गर्न चाहन्छौं। त्यसैले पनि हामी भोली जितको लक्ष्यसहित नै उत्रनेछौं,’ अलमुताइरीले भने।

अलमुताइरी इराकसँगको खेलमा नेपाली टोलीबाट भएको कमजोरीबारे जानकार छन्। नेपाली फुटबलमा आक्रामक खेल शैली भित्र्याउने उनको त्यो पहिलो प्रयास थियो।

इराकसँग २–१ ले अघि रहेको अवस्थाबाट ६–२ को हारसम्म पुग्दा नेपाली खेलाडीबाट भएका कमजोरी र प्रयोग गरिएको रणनीतिमा उनले पक्कै विचार गर्नेछन्।

खेलमा आक्रमणका लागि अघि बढ्दा नेपाली टोलीले काउन्टर अट्याकलाई डिफेन्स गर्न चुकेको देखिन्छ। इराकविरुद्धको खेलमा डिफेन्समा भएका कमजोरीहरु सुर्धान प्रशिक्षक र खेलाडीहरु लागि परेका छन्।

प्रकाशित : २० जेष्ठ २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल