Logo

समाचार

‘चोरीधन्दा’ चलाउनैका लागि अर्कैको स्कुटर ‘चोरी’, ‘लूटपाट’ गरेकै मोबाइलसहित परे फन्दामा



काठमाडाैं, १९ जेठ – पछिल्लो समय चोरीको गिरोहको ‘इन्ट्रेष्ट’ मोबाइलमा बढी देखिएको छ। मोबाइलको सफ्टवेयर फेरेपछि ‘राम्रो’ मूल्य आउने भएपछि उनीहरूको ध्यान त्यसतर्फ गएको हो।

प्रहरीले चोरीको स्कुटर प्रयोग गरी मोबाइल लुटपाट गर्दै हिँड्ने गरेको आरोपमा काठमाडौंबाट चार जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौंका विभिन्न स्थानमा मोबाइल लुटपाट गरी फरार रहेका चारजनालाई बुढानीलकण्ठ नगरपालिका–९ नीलो पुलबाट सोमबार दिउँसो नियन्त्रणमा लिएको हो।

उक्त समूहले बा८३प ३४३६ नम्बरको स्कुटर प्रयोग गरेर उक्त कार्यमा संलग्न रहेको जानकारी प्रहरीले दिएको छ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० घर भई काठमाडौंको बौद्ध बस्ने २४ वर्षीय शोभित श्रेष्ठ, धादिङको गजुरी नगरपालिका–७ घर भई काठमाडौंको बुढानीलकण्ठ–१० बस्ने २१ वर्षीय करुण उप्रेती, बुढानीलकण्ठ–१२ बस्ने १९ वर्षीय एलिन अधिकारी र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुंगा बस्ने ३५ वर्षीय राम परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार उनीहरूको साथबाट चोरीमा प्रयोगमा भएको स्कुटर र विभिन्न कम्पनीका ११ थान मोबाइल बरामद गरिएको छ।

बस्नेतले पक्राउ परेका चारै जनामाथि चोरी तथा डाँकासम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताएका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? अन्तरवार्ता

प्रकाशित : १९ जेष्ठ २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल