Logo

राजनीति

एमालेलाई एकतावद्ध बनाउन फेरि थालियो प्रयास, यी नेता निरन्तर छलफलमा



काठमाडौं, १८ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफैं फुटको संघारमा थियो। प्रधानमन्त्री केपी शर्मा ओली एकातिर रहँदा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल अर्कातिर थिए। त्यसपछि सिर्जित राजनीतिक घटनाक्रम संसद विघटनसम्म पुग्यो।

संसद पुनर्स्थापना भयो। तर नेकपा नेकपा रहेन। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदियो। त्यसपछि प्रचण्ड आफ्नो पार्टीसहित अलग्गिए।

तर, नेकपा एमाले भित्रकै वरिष्ठ नेताहरु ओलीसँग असन्तुष्ट थिए। उनीहरुले पार्टीभित्रै रहेर संघर्ष गर्ने अठोट गरे। लामो समयको टकरावपछि विश्वासको मत लिनुअघि प्रधानमन्त्री ओली नेपाल पक्षलाई केही हदसम्म थुमथुम्याउन सफल भए।

राजीनामा दिन तयार भएका नेपाल पक्षका सांसदहरु पार्टी एकतातिर लम्किए। पार्टीलाई २०७५ सालको जेठ २ गतेबाट सञ्चालन गर्नुपर्ने नेपाल पक्षको बटमलाइनमा ओली लचक देखिए।

ओली र नेपालबीच वार्ता पनि भयो। कार्यदल गठन गरेर उनीहरु पार्टी विवाद समाधान गर्न अग्रसर बने। दुबै पक्षबाट ५–५ जना सदस्य रहने गरी कार्यदल बन्यो।

त्यसपछि एकतातर्फ अघि बढेको एमालेमा प्रधानमन्त्री ओलीले कदमले ‘ब्रेक’ लाग्यो। ओलीले संसद विघटनको संकेत गरेको मध्यरातमा संसद पुन विघटन भयो। यसले नेपाल पक्ष फेरि चिढियो र विपक्षी गठबन्धनसँगै संसद विघटनविरुद्धको संघर्षमा उत्रियो।

पार्टीका अध्यक्ष रहेका ओलीले वरिष्ठ नेतासहित ११ नेतालाई कारवाही नै गरे। नेपाल पक्षले नयाँ पार्टी गठनको तयारी पनि गरिरहेको समाचारहरु सार्वजनिक भयो।

हाल एमालेमा फेरि औपचारिक वार्ता गर्ने प्रयास सुरु भएको छ। सोमबार साँझ अध्यक्ष ओली र नेता नेपाल समूहका नेताहरुबीच वार्ता भएको छ। दुबै पक्षका दोस्रो तहका नेताहरुबीच भएको कुराकानी पुनः एकता वार्ता सुरु गर्ने प्रयास भएको बताइएको छ।

पार्टीलाई फुटबाट जोगाउनुपर्छ भन्नेमा छलफलमा सहभागी दोस्रो पुस्ताका नेताहरु सहमत देखिएका छन्। प्रधानमन्त्री ओली र नेता नेपालबीच ३० वैशाखमा भेटवार्ता भएपछि विभाजन उन्मुख रहेको एमालेका एकता प्रयास सुरु भएको थियो।

प्रचण्डको बास भ्रष्ट ठेकेदारकै घरमा किन? (अन्तर्वार्ता)

प्रकाशित : १८ जेष्ठ २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल