Logo

समाचार

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धिसागर सुवेदी, युवा संयोजकमा त्रिभुवन पाण्डे (विजेताको सूचीसहित)



न्यूयोर्क, १७ जेठ – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको २०२१–२०२३ कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित भएको छ।

मे ३० मा सम्पन्न निर्वाचनको नतिजा सार्वजनिक भएको हो। गत मे २९, २०२१ को बिहान ८ः०० बजे अमेरिकी पूर्वीय समयमा शुरु भएको निर्वाचन मे ३०, २०२१ को राति ११ः५९ पूर्वीय समयमा समाप्त भएको थियो।

गत मे २९ र मे ३० का दिन विद्युतीय प्रणालीबाट मतदान हुँदा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्याशी बुद्धिसागर सुवेदी आफ्ना ३ प्रतिस्पर्धीलाई पछि पर्दै २०२१–२०२३ का लागि अध्यक्ष पदमा विजयी हासिल गरेका छन्।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा कृष्ण जीबी पन्त विजयी भएका छन्। पन्त कृष्ण लामिछाने समूहका हुन्। उनी निवर्तमान उपाध्यक्ष हुन्। पन्तले २०१९–२०२१ मा उपाध्यक्ष पदमा विजयी हुँदा सर्वाधिक मत प्राप्त गरेका थिए।

गत शनिबार र आइतबार भएको मतदानमा ७८ दशमलव ३२ प्रतिशत मतदान भएको थियो। मतदानका लागि कुल २० हजार १ सय ३९ मतदाता रहेकोमा १५ हजार ७ सय ६८ ले मतदान गरेका थिए।

सुवेदीले ५ हजार ६ सय १८ मत ल्याई विजयी भएका छन्। कृष्ण लामिछानेले ५ हजार २ सय ६८ मत ल्याई दोस्रो स्थान भएका छन्।

यसैगरी, तेस्रो स्थानमा डा. अर्जुन बञ्जाडे रहेका छन्। उनले ४ हजार १ सय भोट ४८ मत ल्याएका छन्। यसैगरी, ५ सय ६७ मत ल्याई तिलक केसी चौथो स्थानमा परेका छन्।

एनआरएनए अमेरिकाको निर्वाचनमा १५ हजार ७ सय ६८ भोट खसेको छ। कुल मत २० हजार १ सय ३८ रहेको थियो।

निर्वाचन आयोगले दिएको आधिकारिक जानकारीअनुसार कूल २० हजार १ सय ३९ मतदाता रहेका थिए। त्यसमध्ये १५ हजार ७ सय ६८ अर्थात् ७८ दशमलव ३२ दशमलव मत खसेको छ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका २०२१ का विजयी उम्मेदवारहरूमा अध्यक्षमा बुद्धिसागर सुवेदी तथा वरिष्ठ उपाध्यक्षमा कृष्ण जीबी पन्त विजयी भएका छन्।

यसैगरी, उपाध्यक्षहरूमा गोपेन्द्र भट्टराई, सुमन थापा, डिलु पराजुली र विकासराज उप्रेती विजयी भएका छन्। त्यस्तै, महिलातर्फ उपाध्यक्षमा दिक्षा बस्नेत विजयी भएकी छिन्।

महासचिवमा अञ्जनकुमार चौलागाई, सचिवमा अनुप खनाल, महिलातर्फ सचिवमा सुनिता कँडेल (महिला तर्फ), कोषाध्यक्षमा राजीव श्रेष्ठ तथा सहकोषाध्यक्षमा अग्नि ढकाल विजयी भएका छन्।

त्यस्तै महिला संयोजकमा सुन्दरी गुरुङ निर्वाचित भएकी छिन्।

एनआरएनए अमेरिकाको युवा संयोजकमा त्रिभुवन पाण्डे विजयी भएका छन्। पाण्डेले ८ हजार २ सय ३० मत प्राप्त गरेका छन्। त्यस्तैगरी, प्रवक्ता पद रिक्त रहेको छ। उक्त पदमा पछि मनोनित गरिने छ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

सञ्चालक समिति सदस्य (बोर्ड अफ डाइरेक्टर) मा चिकित्सक प्रकाश श्रेष्ठ, विशाल राना, बाला घिमिरे, डोलनाथ घिमिरे, प्रल्हाद सापकोटा, ज्ञानेन्द्र गुरुङ, सन्तोष पहारी, आशिष संग्रौला, शान्ति पौडेल, विश्वराज बास्तोला, दुर्गेश कार्की तथा राज ढुंगाना विजयी भएका छन्।

अमेरिकाको तर्फबाट अन्तर्राष्ट्रिय परिषद् सदस्यहरूमा अमृत सापकोटा, सञ्जीवकुमार श्रेष्ठ, विन्दु निरौला, सुरेन्द्र मल्ल, सञ्जय थापा, गोविन्द सुवेदी, नारायण कँडेल, विनोद तिवारी तथा विष्णु शाह विजयी भएका छन्।

प्रकाशित : १७ जेष्ठ २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल