Logo

राजनीति

बालुवाटारमा ४ घण्टा लामो मिटिङ : प्रधानमन्त्री ओलीसँग जसपा ठाकुर पक्षको यस्तो ‘डिमाण्ड’



काठमाडौं, १७ जेठ – प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेता महन्थ पक्षका नेताहरुबीच भेटवार्ता भएको छ।

४ घण्टा लामो बालुवाटार मिटिङमा प्रधानमन्त्री ओलीसँगै जसपा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायत सहभागी थिए।

उनीहरुबीच मुद्दा फिर्ता र सरकारमा सहभागीताका विषयमा कुराकानी भएको हो। प्रधानमन्त्री ओलीले जपसालाई सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ।

जनता समाजवादी पार्टीका अध्यक्ष ठाकुरले ८ मन्त्री र २ राज्यमन्त्री लिएर सरकारमा जाने बताएका थिए।

बैठकमा दुवै तर्फबाट कार्यदलका सदस्यको पनि सहभागीता थियो। कार्यदलमा सुवास नेम्वाङ, राजन भट्टराई सर्वेन्द्रनाथ शुक्ललगायत रहेका छन्।

मधेश तथा थरुहट आन्दोलनका मुद्दा फिर्ता भएपछि जसपा सरकारमा जाने वार्तामा सहभागी एक नेताले जानकारी दिएका छन्।

भेटपछि प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुर थप छलफल गरेर अघि बढ्न राजी भएका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : १७ जेष्ठ २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल