Logo

समाचार

गैरआवासीय नेपाली संघ एनसीसी अमेरिकाको अध्यक्षमा बुद्धिसागर सुवेदी



काठमाडौं, १७ जेठ – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको अध्यक्षमा बुद्धिसागर सुवेदी निर्वाचित भएका छन्।

अध्यक्ष पदका अन्य ३ उम्मेदवारलाई पराजित गर्दै एनआरएन अभियन्ता एवं सामाजिक अभियन्ता सुवेदी सन् २०२१–२०२३ का लागि अध्यक्ष पदमा विजयीमा निर्वाचित भएका हुन्।

शनिबार र आइतबार भएको मतदानमा ७८ दशमलव ३२ प्रतिशत मतदान भएको थियो। मतदानका लागि कुल २० हजार १ सय ३८ मतदाता रहको छन्।

१५ हजार ७ सय ६८ ले मतदान गरेका थिए। सुवेदीले कुल मतको ३६ प्रतिशत ल्याएका छन्। उनले ५ हजार ६ सय १८ मत ल्याई विजयी भएका हुन्।

सुवेदीका निकटतम् प्रतिस्पर्धी कृष्ण लामिछानेले ५ हजार २ सय ६८ मत प्राप्त गरेका छन्। डा. अर्जुन बञ्जाडेले ४ हजार १ सय ४८ मत प्राप्त गरेका छन्।

यसैगरी, अध्यक्ष पदका उम्मेदवार तिलक केसी ५ सय ६७ मत प्राप्त गरेका छन्। सुवेदी सन् २०१० देखि एनआरएनए अभियानमा क्रियाशील छन्।

सफल व्यवसायी सुवेदीले मिसिगन राज्य समितिदेखि अध्यक्षको जिम्मेवारी बहन गरेका छन्। ‘संस्थालाई गर्व गर्न लायक र सामूहिक हितमा काम गर्छु,’ नवनिर्वाचित अध्यक्ष सुवेदीले भने।

रमेश खरेलकाे राजनीतिक यात्रा कसरी? (अन्तरवार्ता)

प्रकाशित : १७ जेष्ठ २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल