Logo

खेलकुद

गुम्याे इतिहास रच्ने अवसर: इराकसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ६–२ ले पराजित



काठमाडौं, १६ जेठ – इराकसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले ६–२ ले पराजित भएको छ।

इराकका कप्तान अला अब्दुल जहर खासिनले फ्रिकिकमा पहिलो गोल गरे।

तर, त्यसको एक मिनेट नबित्दै अहम्मद इब्राहिम खलाफको आत्मघाती गोल गरे।

र, नेपाल बराबरीमा आयो। नेपालले ३०औं मिनेटमा मनिष डाँगीको गोलमा अग्रता लियो।

३८औं मिनेटमा इराकका मोहमद अब्दुल्जारा ओबेदले हेडरमार्फत गोल गरे।

त्यसको एक मिनेटपछि अयमन हुसेन गबधनले अर्को गोल थपे। ६८ औं मिनेटमा मोहमद अलि अलसम्मारीले गोल गरे।

खेलको ७४औं मिनेटमा सज्जाद जसिमले गोल गरे। र, इराक ६–२ ले विजयी भयो।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २० वर्षपछि नेपालले बलियो प्रतिद्वन्द्वीको इराकको सामना गरेकाे हाे।

नेपाल पहिलाेपटक इराकिवरुद्ध जीत निकाल्दै इतिहास रच्ने लक्ष्यमा थियाे। यसअघि भएका कुनै पनि खेलमा नेपालले इराकविरुद्ध जित निकालेकाे छैन।

इराकसँगको खेलपछि नेपालले विश्वकप छनोटमा जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ।

समूह बी मा रहेको नेपालले यसअघि ५ खेल खेल्दा एक खेल मात्र जितेको थियो।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नर्थ मेसेडोनियाले जर्मनीलाई हराएको उदाहरण दिँदै नेपालले पनि अष्ट्रेलियालाई हराउन सक्ने आशय व्यक्त गरेका छन्।

यसअघि २०१९ मा नेपालले पहिलो पटक अष्ट्रेलियासँग उसैको मैदानमा खेलेको थियो। नेपाल ५–० गोलले पराजित हुँदा स्वीडिस योहान कालिन नेपालका प्रशिक्षक थिए।

प्रकाशित : १६ जेष्ठ २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल