Logo

खेलकुद

इराकलाई हराएर इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रिदै नेपाली राष्ट्रिय फुटबल टोली



काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २० वर्षपछि नेपालले बलियो प्रतिद्वन्द्वीको इराकको सामना गर्दैछ। खेल नेपाली समयअनुसार शनिबार राति १०ः१५ बजे शुरु हुनेछ।

नेपाल पहिलाेपटक इराकिवरुद्ध जित निकाल्दै इतिहास रच्ने लक्ष्यमा छ। यसअघि भएका कुनै पनि खेलमा नेपालले इराकविरुद्ध जित निकालेकाे छैन। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टिमको जिम्मा लिएपछिको पहिलो खेल हो यो।

त्यसकारण उनका लागि यो पहिलो परीक्षाजस्तै छ। खेल खेल्नुअघि नै अलमुताइरीले दिएका अभिव्यक्तिहरुले धेलै नेपाली फुटबलप्रेमीको मन जितिसकेको छ। उनको आगमनले नेपाली फुटबलमा नयाँ आशा जगाएको छ।

अलमुताइरीले अब नेपालले अट्याकिङ फुटबल खेल्ने बताएका छन्। नेपालको खेल्ने फर्मेसन पनि बदलिने उनले जानकारी दिएका छन्। नजिताभन्दा पनि राम्रो फुटबल खेल्नुपर्ने उनको भनाई छ। उनले इराकसँगको खेलअघि नेपाली टोली खेलका लागि तयार रहेको बताएका छन्।

प्रशिक्षक अलमुताइरीले त्यसअघि नेपालले खेल नजिते त्यसको जिम्मा आफूले लिने बताएका छन्। उनले खेल नजिताबारे खेलाडीलाई दोष नदिन आग्रह गरेका हुन्। ‘नेपालको पक्षमा नतिजा नआएमा म जिम्मा लिन्छु, खेलाडीलाई दोष नदिनुहोला,’ उनले भनेका छन्।

उनी फिफा विश्वकप छनोटका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। अलमुताइरी नेपाली फुटबलमा बोल्ड शैलीका प्रशिक्षकका रुपमा परिचित हुँदै गएका छन्। पछिल्लो समय राष्ट्रिय टोलीमा खेलाडीहरु छनोट गर्दा उनले बोल्ड शैलीनै अपनाएका हुन्।

‘हामी रक्षात्मक तरिकाले खेलिरहेका थियौं तर अब डिफेन्स र अट्याकमा धेरै सन्तुलन बनाएका छौं। हामीले कहिलेकाहीँ डिफेन्सलाई रेस्ट दिन अट्याक गर्नुपर्छ,’ यसअघि उनले बताएका थिए।

इराकसँगको खेलपछि नेपालले विश्वकप छनोटमा जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ।

समूह बी मा रहेको नेपालले यसअघि ५ खेल खेल्दा एक खेल मात्र जितेको थियो। अलमुताइरीले नर्थ मेसेडोनियाले जर्मनीलाई हराएको उदाहरण दिँदै नेपालले पनि अष्ट्रेलियालाई हराउन सक्ने आशय व्यक्त गरेका छन्।

यसअघि २०१९ मा नेपालले पहिलो पटक अष्ट्रेलियासँग उसैको मैदानमा खेलेको थियो । नेपाल ५–० गोलले पराजित हुँदा स्वीडिस योहान कालिन नेपालका प्रशिक्षक थिए।

नेपाली टोली

गोलकिपर : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल