Logo

समाचार

राष्ट्रपति भण्डारीको टेलिफोनपछि नेपाललाई थप १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा



काठमाडौं, १२ जेठ – चीनले नेपाललाई थप १० लाख डोज कोरोना खोप अनुदान दिने भएको छ। काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार दिउँसो थप १० लाख खोप दिने घोषणा गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेपछि चिनियाँ राष्ट्रपति सीले खोप दिने घोषणा गरेका हुन्। राष्ट्रपति भण्डारीले बुधबार दिउँसो चिनियाँ समकक्षी सीसँग ४५ मिनेट टेलिफोन वार्ता गरेकी थिइन्।

चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिएको थियो।

भण्डारी र सीबीचको वार्ताका क्रममा राष्ट्रपति भण्डारी नेपाल सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न इच्छुक रहेको बताइन्। त्यसका लागि पहल गरिदिन उनले अनुरोध गरेकी छिन्।

राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले राष्ट्रपति सीले मित्र राष्ट्र नेपाललाई सहयोग गर्न आफूले पहल गर्ने बताएको जानकारी गराएका छन्।

दुई देशका राष्ट्रपतिबीच कुराकानी गराउनकै लागि दुवै देशका परराष्ट्र मन्त्रालय केही दिनयता तयारीमा लागेका थिए।

सञ्चार विज्ञ ढकालका अनुसार राष्ट्राध्यक्षको तहमा कुराकानी हुँदा सरकार र कूटनीतिक नियोगलाई पनि काम गर्न सजिलो हुने भएकाले राष्ट्रपति भण्डारीले दुवै देशका समकक्षीलाई खोपका लागि अनुरोध गरेकी हुन्।

मंगलबार भारतीय समकक्षीलाई पठाएको पत्रमा राष्ट्रपति भण्डारीले भारतले यसअघि अनुदानमा दिएको खोपका लागि भारत र भारतीय जनतालाई धन्यवाद दिएकी थिइन्।

ढकालले कोरोना दोस्रो लहरले नेपाललाई पनि आक्रान्त बनाएको र यसलाई रोक्ने प्रभावकारी उपाय खोप नै भएकाले खोप उपलब्ध गराउने पहलका लागि कूटनीतिक माध्यमबाट पत्राचार गरी राष्ट्रपतिले आग्रह गरेको उल्लेख गरेका छन्।

नेपाल सरकारले खोप किन्नका लागि मार्चमा रकम तिरिसकेको छ। राष्ट्रपतिले त्यही खोप र थप खोप पठाउने पहल गरिदिन आग्रह गरेकी हुन्।

भारतले यसअघि १० लाख खोप अनुदान दिएको थियो। त्यसपछि नेपालले २० लाख खोप किन्नका लागि भारतलाई रकम उपलब्ध गराएको थियो। त्योमध्ये १० लाख खोप आएको छ। बाँकी १० लाख आएको छैन।

घरमै गर्नुहोस् कोरोनाको उपचार डा. सुवर्ण पौडेलले दिए उपाय (अन्तरवार्ता)

प्रकाशित : १२ जेष्ठ २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल