Logo

राजनीति

एमालेमा अढाई लाख कार्यकर्ता थप्ने माधव–झलनाथ नयाँ पार्टी खोल्दै, के राख्दैछन् पार्टीको नाम ?



काठमाडाैं, ९ जेठ – नेकपा मार्क्सवादी र नेकपा मालेको एकता भयो वि.सं. २०४७ सालताका। नेकपा मार्क्सवादीका अध्यक्ष रहेका मनमोहन अधिकारी नेकपा एमालेका संस्थापक अध्यक्षमा चयन भए।

२०५३ सालमा मनमोहन अधिकारीको निधन भएपश्चात एमालेको नेतृत्व गर्ने अवसर नेता माधवकुमार नेपाललाई प्राप्त भयो। झण्डै डेढ दशक एमालेको नेतृत्व गरेका वरिष्ठ नेता नेपाल अहिले पार्टी पुनर्गठनको तयारीमा पुगेका छन्।

‘केपी ओलीले हामीलाई धकेलेर त्यतै पुर्‍याउँदै हुनुहुन्छ, अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ, नयाँ पार्टी खोल्ने कुरा स्वाभाविक हो नि,’ एक अन्तरवार्तामा वरिष्ठ नेता नेपालले भनेका छन्।

वरिष्ठ नेता नेपालले प्रतिनिधिसभामाथि ओलीले नै एकपछि अर्को प्रहार गर्न थालेपछि ‘हामीले के गर्न सक्छौं र?’ भनेर प्रश्न पनि गरेका छन्।

‘हामीले त जोगाउन सक्दो प्रयत्न गरेकै हो नि, उहाँले असंवैधानिक कदम चालेपछि हाम्रो उपाय लागेन, प्रतिनिधिसभा र लोकतन्त्र जोगाउन हामी फेरि पनि लागेका छौं, जो लोकतन्त्र र प्रतिनिधिसभा जोगाउन लाग्छ, उसैले कम्युनिष्ट पार्टी जोगाउने हो,’ नेता नेपालले भनेका छन्

लोकतन्त्र जोगाए मात्र न कम्युनिस्ट पार्टी हुनुको उपादेयता रहने उल्लेख गर्दै लोकतन्त्र, गणतन्त्र र परिवर्तनविरुद्धमा, विदेशी दासताको पक्षमा, विदेशीले लगाएको काममा लागेपछि प्रतिनिधिसभा नजोगिने नेपालले प्रष्ट पारे।

एमालेमा सबैभन्दा बढी कार्यकर्ता थपेका नेपाल

२०४७ सालमा नेकपा मार्क्सवादी र नेकपा मालेबीच एकता हुँदा दुवै पार्टीका गरी २ लाख ५० हजार कार्यकर्ता रहेको दावी एमाले पार्टी कार्यालय श्रोतले गरेको छ।

त्यसपछि महासचिवको जिम्मेवारीमा रहेका मदन भण्डारीको ओजपूर्ण सम्बोधनको परिणाम एक लाख कार्यकर्ता थपिए। त्यसपछि नेतृत्वमा आएका वरिष्ठ नेता नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालले झण्डै २ लाख ५० कार्यकर्ता थपेर ६ लाख कार्यकर्ताको पार्टीको रुपमा एमालेलाई स्थापित गरे।

एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्डको नेकपा माओवादी केन्द्रसँग एकता गरे। अनि माओवादीको झण्डै ५ लाख कार्यकर्तासहित शक्तिशाली पार्टीका एक अध्यक्ष भए ओली। अपितु, उनको शक्तिशाली बन्ने मोह क्रमशः भंग हुँदै गयो।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूत्याइदियाे। त्यसपछिका घटनाक्रमले एमालेबाट वरिष्ठ नेता नेपालको समूह बाहिरिने अवस्था सिर्जना भयाे।

के हाेला नयाँ पार्टीकाे नाम?

वरिष्ठ नेताद्वय खनाल र नेपालले नेकपा एमाले (क्रान्तिकारी), नेकपा एमाले (समाजवादी) अथवा अर्को कुनै नाम राख्न सुझाव पाइरहेका छन्। ‘नामभन्दा पनि पार्टीको सिद्धान्त र कार्यदिशा महत्त्वपूर्ण हुन्छ, हामी छलफलमै छौं,’ नेपाल पक्षका एक नेताले भने।

प्रचण्डको बास भ्रष्ट ठेकेदारकै घरमा किन? एमाले चुनावअघि नै फुट्छ। (अन्तरवार्ता)

प्रकाशित : ९ जेष्ठ २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल