Logo

भारत

४ बच्चाकी आमासँगको प्रेमले लियो २४ वर्षे ‘ज्वेलर्स’को ज्यान, श्रीमान् र भाइ कठघरामा



एजेन्सी – भारतको गाजियाबादमा २४ वषीय गहना व्यापारीको विभत्स हत्या भएको छ। लोनी कस्बेमा गहना पसल चलाइरहेका युवक मनिष वर्माको लाश हत्या गरिएको अवस्थामा भेटिएको हो। प्रहरी अनुसन्धानमा मनिषको हत्या कुटीकुटी भएको पाइएको छ। हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

बुधबार केही मानिसले मनिषलाई उसको घरमा गएर बोलाएका थिए। त्यसको केही समयपछि नै घर नजिकै उनको शव फेला परेको थियो। घटनाको अनुसनधान गर्दै जाँदा प्रहरीले प्रेम सम्बन्धका कारण हत्या भएको पाएको छ।

प्रहरीका अनुसार मनिषको एक विवाहित महिलासँग प्रेम सम्बन्ध थियो। ती महिला ४ बच्चाकी आमा हुन्। भारतीय सञ्चारमाध्यम आजतकमा बताइएअनुसार ती महिलाका भाइ युवराज र श्रीमान् जितेन्द्रले मनिषलाई उसको घरमा गएर बोलाएका थिए। त्यसपछि उनीहरुले मनिषलाई कुटीकुटी मारेको आरोप छ। यस घटनामा संलग्न रहेको भन्दै प्रहरीले ती महिलाका भाई युवराजलाई नियन्त्रणमा लिएको छ।

क्षेत्रधिकारी अतुलकुमार सोनकरका अनुसार मनिषका बुवा उमाशंकर वर्माले महिलाका श्रीमान् जितेन्द्र र भाइ युवराजले मिलेर आफ्नो छोरालाई कुटीकुटी मारेका थिए। पीडिले क्षले दिएको उजु्ीका आधारमा आरोपितलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको भारतीय प्रहरीले जानकारी दिएको छ।

रमेश खरेल अब राजनीतिमा ? (अन्तरवार्ता‌)

प्रकाशित : ८ जेष्ठ २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल