Logo

राजनीति

राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा निर्वाचित, बादल पराजित



हेटौँडा, ६ जेठ – बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा निर्वाचित भएका छन्। निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै एमालेको माधवकुमार नेपाल समूह, नेपाली कांग्रेस र माओवादीका साझा उम्मेदवार डा. देवकोटा विजयी भएका हुन्।

देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गरेका छन्। ओली पक्षीय उम्मेदवार थापाले ४ हजार १४ मतभार प्राप्त गरेका छन्।

बागमाती प्रदेशसभाका १ सय ५ सदस्यले मतदान गरेका थिए। जसमा डा. देवकोटाले ५८, थापाले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत प्राप्त गरेका छन्।

बागमती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३३ जनाले मतदान गरेका थिए। जसमा देवकोटाले १ सय २८, थापाले १ सय ३ र तामाङले २ मत प्राप्त गरेका छन्।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको निर्वाचन आयोगले जानकारी दिएको छ।

अन्तरवार्ता: केपी ओलीकाे सत्तामाथि खतराकाे घण्टी: गगन थापा (भिडियाे)

प्रकाशित : ६ जेष्ठ २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल