Logo

राजनीति

राष्ट्रियसभा उपनिर्वाचनकाे मतदान सम्पन्न, मतगणना आजै, यसरी हुँदै परिणाम घाेषणा



हेटौंडा, ६ जेठ – बागमती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ। बिहीबार दिउँसो ३ बजेसम्म १ सय ५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ३३ जना गरी ३ सय ३८ जनाले मतदान गरेका हुन्।

बागमती प्रदेशबाट चयन हुने एक जना राष्ट्रियसभा सदस्यका लागि नेकपा एमालेका रामबहादुर थापा, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधवकुमार नेपाल समूहको समर्थनमा डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन्।

बिहीबार नै मतगणना गर्ने र साँझसम्म नतिजा आउने निर्वाचन अधिकृतको कार्यालयले बताएको छ। नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा उपनिर्वाचन गरिएको हो।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्थानीय तहका ५ जना र प्रदेशसभाका ५ जनाले मतदान गरेनन्। उपनिर्वाचनमा बागमती प्रदेशसभा सदस्य १ सय १० तथा बागमती प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुख २ सय ३८ जना गरी ३ सय ४८ मतदाता रहेका छन्।

मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको केही दिनअघि कोरोना संक्रमणका कारण निधन भएको थियो। विवेकशील साझा पार्टीका ३ जनाले मतदान बहिस्कार गरेका थिए।

निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ।

घरेलु औषधिबाटै कोरोनाको उपचार र रोकथाम सम्भव? (अन्तरवार्ता)

प्रकाशित : ६ जेष्ठ २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल