Logo

समाचार

नेपाल प्रहरीले गुमायो एक होनाहार अफिसर, कोरोना संक्रमणबाट डिएसपी केसीको निधन



काठमाडौं, ६ जेठ – कोरोना संक्रमणका कारण नेपाल प्रहरी डिएसपी राजकुमार केसीको निधन भएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) केसीको बिहीबार बिहान निधन भएको हो।

नेपाल प्रहरी अस्पतालमा उपचार गराइरहेका डिएसपी केसीको बिहीबार बिहान निधन भएको हो। काठमाडौंको मूलपानी घर भएका ४३ वर्षीय केसी काठमाडौं महानगरीय प्रहरी परिसरमा कार्यरत थिए।

केसीलाई वैशाख २२ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। काठमाडौं आउनुअघि डिएसपी केसी जिल्ला प्रहरी कार्यालय कास्कीका उपप्रमुखको जिम्मेवारीमा रहेका थिए।

त्यसअघि जिल्ला प्रहरी कार्यालय खोटाङमा प्रमुखको जिम्मेवारी सम्हालेको थिए डिएसपी केसीले। बैंक तथा वित्तीय संस्थाहरूको घोटालासम्बन्धी अनुसन्धानमा निपूर्ण थिए केसी।

‘कुनै पनि बैंकिङ क्षेत्रको समस्या र घोटालाको विषयमा समस्या भएमा सबैले राजकुमार केसीलाई नै भेट्न आउथे, तत्कालै एक्सन लिने उहाँको बानी थियो, र समस्या समाधान गर्न सक्ने क्षमताले उहाँ परिचित हुनुहुन्थ्यो, सबैले प्रहरी भनेको यस्तो हुनुपर्छ भन्थे,’ काठमाडौंका एक प्रहरी अधिकृतले भने।

रमेश खरेल अब राजनीतिमा ? (अन्तरवार्ता)

प्रकाशित : ६ जेष्ठ २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल