Logo

समाचार

नेपालमा फैलिएको कोरोना पनि ‘भारतीय भेरियन्ट’, सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण



काठमाडाैं, ४ जेठ – नेपालमा कोरोना भाइरसको थप नयाँ भेरियन्ट पत्ता लागेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेर नेपालमा कोरोना भाइरसको थप नयाँ भेरियन्ट पत्ता लागेको जानकारी गराएको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले योसँगै नेपालमा अहिलेसम्म कोरोनाका तीन किसिमको भेटियन्ट पुष्टि भएको जानकारी गराएका हुन्।

अधिकारीकाअनुसार गएको हप्ता देशका विभिन्न ठाउँबाट ३५ नमूना संकलन गरेर जीन सिक्वेन्सिङ गरिएको थियो।

भारतको ल्याबमा गरिएको जीन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमूनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ। यो दुवै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो।

यो नयाँ भाइरसले सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरूले पुष्टि गरेको मन्त्रालयका सहप्रवक्ता अधिकारीले बताएका छन्।

नयाँ भेरियन्ट पुष्टि भएसँगै अब थप स्वास्थ्य मापदण्डमा कडाइ गर्नुपर्ने भएको र यसमा सबैले आ–आफ्नो भूमिका बढाउन मन्त्रालयका सहप्रवक्ता अधिकारीले आग्रह गरेका छन्।

डा. सुवर्ण पौडेलले दिए कोरोनाको आयुर्वेद उपचारको उपाय (भिडियाे)

प्रकाशित : ४ जेष्ठ २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल