Logo

राजनीति

प्रधानमन्त्री ओलीको ‘त्यो पर्दैन’ पुग्यो सर्वोच्चमा, एकैदिन ४ वटा रिट दायर



काठमाडौं, ३ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीको पद तथा गोपनीयताको शपथ बदर हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा चार वटा रिट निवेदन दायर गरिएको छ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारी र अधिवक्ता नवराज अधिकारीसहितका अभिवक्ताले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका हुन्।

प्रधानमन्त्री ओलीले वाचन गरेको शपथ राष्ट्रपतिले वाचन गरेको शपथभन्दा फरक परेको उल्लेख गर्दै रिटमा शपथ बदर गराउन माग गरिएको छ।

रिटमा उक्त शपथ बदर गराएर फेरि शपथ गराउन र फेरि शपथ नगरी कामकाज गर्न नदिन आदेश माग गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिएका हुन्।

गत वैशाख ३१ गते पद तथा गोपनीयताको शपथग्रहण गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द दुई पटक उच्चारण गर्दा पनि ओलील ‘त्यो पर्दैन’ भनेका थिए।

डा. सुवर्ण पौडेलले दिए कोरोनाको आयुर्वेद उपचारको उपाय (भिडियाे)

प्रकाशित : ३ जेष्ठ २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल