Logo

राजनीति

प्रधानमन्त्री ओली र एमाले वरिष्ठ नेता नेपालबीच ‘वान टु वान’ वार्ता शुरु, यी हुन् एजेण्डा



काठमाडौं, २ जेठ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरु भएको छ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच प्रधानमन्त्री कार्यालयमा ‘वान टु वान’ वार्ता शुरु भएको हो। नेकपा एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला दई नेताको संवाद जारी छ।

२०७५ जेठ २ गतेभन्दा अगाडिको एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गरेर अगाडि बढ्ने शुक्रबारको बैठकमा सहमति भएको छ।

शुक्रबार ओली र नेपाल समूहका नेताहरू सहभागी बैठकले कार्यदल गठन गर्ने जिम्मेवारी ओली र नेपाललाई नै दिएको छ।

ओली र नेपाल पक्षको सहमति कार्यान्वयनको प्राविधिक पक्ष मिलाउन कार्यदल गठन गर्ने सहमति भएको छ।

आइतबारको बैठकबाट सम्भवतः कार्यदलका सदस्यहरूको टुंगो लगाउन सक्ने एमालेका एक स्थायी समिति सदस्यले जानकारी दिएका छन्।

डा. सुवर्ण पौडेलले दिए कोरोनाको आयुर्वेद उपचारको उपाय (भिडियाे)

प्रकाशित : २ जेष्ठ २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल