Logo

राजनीति

कांग्रेस युवा नेताको प्रस्ताव, ‘राजनीतिक युद्धविराम गरौं, कोरोना प्रकोप नियन्त्रणमा सबै जुटौं’



कालिकोट, १ जेठ – नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले सबै राजनीतिक दलहरूलाई कोरोना प्रकोप नियन्त्रणमा जुट्न प्रस्ताव गरेका छन्।

युवा नेता शाहीले केही समयलाई राजनीतिक रुपमा ‘युद्धविराम’ गरेर महामारी रोकथाम तथा नियन्त्रणमा जुट्न सम्पूर्ण राजनीतिक दलको ध्यानाकर्षण गराएका हुन्।

‘अब राजनीति खेलमा पूर्णविराम लगाएर कोरोना भाइरस रोकथाम तथा नागरिकलाई बचाउनतर्फ सरकार, राजनीतिदल, बुद्धिजीवी, समाजसेवी, पत्रकार , नागरिक समाज लाग्नुपर्छ,’ शाही भन्छन्, ‘महामारी रोकथाम र जनताको जिउधनको रक्षामा जुट्ने बेला यही हो।’

देशैभरि अक्सिजनको अभावले अस्पताल र होम आइसोलेसनमा बिरामी छट्पटाइरहेको अवस्थामा यस्तो बेला सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने शाहीको धारणा छ।

यतिबेला सरकार ढाल्ने र बचाउने खेललाई महामारी नियन्त्रण नहुँदासम्म पुर्णविराम लगाएर सबै राजनीति दल र विशेषगरी सरकारले लाग्नुपर्ने उनले बताए।

‘कोरोना प्रकोपबाट नेपाली नागरिकको जीवन रक्षा नै अहिलेको प्रमुख प्राथमिकता बन्नुपर्छ, अरु विकल्प हामीसँग छैन, सबै राजनीतिक दल एकठाउँमा उभिएर कोरोना प्रकोपविरुद्ध लडौं,’ शाहीले भने।

डा. सुवर्ण पौडेलले दिए कोरोनाको आयुर्वेद उपचारको उपाय (भिडियाे)

प्रकाशित : १ जेष्ठ २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल