Logo

समाचार

सरकारको अर्को जनप्रिय निर्णयः काठमाडौंका सबै सरकारी अस्पताल बन्ने भए ‘कोभिड अस्पताल’



काठमाडौं, २८ वैशाख – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार कोरोना संक्रमितहरूको चाप बढेपछि सबै सरकारी अस्पतालहरूलाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय भएको हो।

मन्त्री त्रिपाठीले कोरोना प्रकोप बढेपछि यो निर्णय लिइएको स्वदेश नेपाललाई बताए। यसैगरी, निजी अस्पतालहरूलाई पनि एकतिहाइ बेड ननकोभिडका लागि छुट्याएर बाँकी बेडहरू कोभिडको लागि प्रयोग गर्न भनिएको उनले बताए।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कति निजी अस्पतालले सरकारले तोकेको भन्दा धेरै बेडमा कोभिडको उपचार गरिरहेको जानकारी दिएका छन्।

संक्रमितको संख्या ह्वात्तै बढेका कारण अक्सिजनको अभाव रहेको बताउँदै अक्सिजन उत्पादन नबढाएसम्म त्यो चुनौती कायम रहने प्रष्ट पारे।

अर्यालले काठमाडौंमा भएको उद्योगहरूबाट ८ हजार र अस्पतालहरूबाट २ हजार गरी दश हजार सिलिन्डर उत्पादन हुने भए पनि माग करिब १५ हजार सिलिन्डर रहेको जानकारी दिए।

त्यसका लागि लिक्विड अक्सिजन उत्पादन बढाउन भारत सरकारसँग कुरा भइरहेको अर्यालले बताएका छन्।

केही समयभित्रै टिचिङ अस्पतालमा लिक्विड अक्सिजन हाल्ने काम सकिने स्वास्थ्य मन्त्रालयले बताएको छ। काठमाडौंमा अहिले टेकु अस्पताल र ट्रमा सेन्टरमा लिक्विड अक्सिजन रहेको अर्यालको भनाई छ।

डा. सुवर्ण पौडेलले दिए कोरोनाको आयुर्वेद उपचार विधि (भिडियाे)

प्रकाशित : २८ बैशाख २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल