Logo

राजनीति

वामदेव गौतमको प्रष्टोक्ति, ‘एमाले विभाजन भए माधव–झलनाथतिर लाग्छु’



काठमाडौं, २७ वैशाख – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजित हुने अवस्था आए वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालतिर उभिने बताएका छन्।

उपाध्यक्ष गौतमले वरिष्ठ नेताद्वय नेपाल र खनालले अलग पार्टी बनाए आफ्नो सचिवालयलाई त्यही पार्टीमा लाग्ने निष्कर्ष निकालेका हुन्।

खनाल र नेपालले संसद्को ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेमा आफू त्यही पार्टीमा सामेल हुने गौतमले प्रष्ट पारेका हुन्। ‘तर, अहिलेकै समानान्तर गतिविधिमा सामेल हुन्न,’ गौतमले भने।

उपाध्यक्ष गौतलले एमाले अध्यक्ष ओलीतिर नउभिने बताएका छन्। वि.सं. २०७५ जेठ २ गते अगाडिकै अवस्थामा एमाले सञ्चालन गर्न अध्यक्ष केपी शर्मा ओली तयार नभएको उनले बताएका छन्। ‘त्यसैले म ओलीको साथमा छैन,’ गौतमले भने।

अन्तरवार्ता: केपी ओली सत्तामाथि खतराकाे घण्टी: गगन थापा (भिडियाे)

प्रकाशित : २७ बैशाख २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल