Logo

राजनीति

‘सत्ता जोगाउन’ प्रधानमन्त्री केपी ओलीलाई मात्रै १३ घण्टा समय, माधव नेपाल पक्षको प्रष्ट जवाफ



काठमाडौं, २६ वैशाख – नेकपा एमालेको माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई वि.सं. २०७५ जेठ २ गतेमा फर्किन १३ घण्टा समय दिएको छ।

नेपाल पक्षले सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टा समय दिएको हो। सांसदहरूको बैठकले सोमबार २७ गते बिहान ९ बजेसम्मको समय दिएको हो।

यसअघि, नेकपा एमालेको आन्तरिक एकता जोगाउने प्रयासमा असफल भएपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदहरूले आइतबार नै राजीनामा दिने तयारी गरेका थिए। नेपाल पक्षीय सांसदले वैशाख २७ गतेको प्रतिनिधिसभा संसद्को विशेष अधिवेशनभन्दा अगाडि नै राजीनामा दिने भएका हुन्।

वरिष्ठ नेता नेपाल पक्षीय सांसद्हरूले शनिबार साँझ सांसद् पदबाट राजीनामा पत्रमा हस्ताक्षर गरेका छन्। राजीनामा पत्र वरिष्ठ नेता नेपाललाई बुझाइएको एक नेताले नाम उल्लेख नगर्ने शर्तमा बताए। नेपाल पक्षका २२ जना सांसद्ले राजीनामा दिने तयारी गरेका छन्।

वरिष्ठ नेता नेपाल पक्षले अहिलेको परिस्थितिमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताच्यूत गरेपछि मात्रै ‘नयाँ आधारमा एमालेको एकता खोज्ने’ निष्कर्ष निकालेको छ।

साथै पछिल्ला छलफलमा नयाँ पार्टी गठन गर्ने र त्यसको प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल भएको छ।

वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्षत्रय भीमबहादुर रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यसहितका नेताहरू ओलीलाई सत्ताच्यूत नगरी एमाले एकता सम्भव नहुने पक्षमा उभिएको नेपालनिकट श्रोतले बताएको छ।

राजीनामा दिनुअघि एमाले नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे लगायतले एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए।

एमालेमा नेपाल पक्षबाट प्रत्यक्ष निर्वाचित भएका २२ जना सांसद् छन्। समानुपातिक १२ जना सांसद् वरिष्ठ नेता नेपाल पक्षका छन्। तत्काल प्रत्यक्ष निर्वाचित सांसद्ले राजीनामा दिँदा ओली सरकार ढाल्न संख्या पुग्ने आँकलन नेपाल पक्षले गरेको छ। प्रत्यक्ष निर्वाचितले मात्रै राजीनामा पत्रमा हस्ताक्षर गरेका छन्।

रमेश खरेल अब राजनीतिमा ? (अन्तरवार्ता)

प्रकाशित : २६ बैशाख २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल