Logo

राजनीति

‘यो सरकार दुई हप्तासम्म जान्छ’ भनेका दीपक मनाङेको मन्त्री पद १० दिनमै खोसियो



पोखरा, २६ वैखाश – गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङेले शपथग्रहण लगत्तै भनेका थिए, ‘यो सरकार दुई हप्तामा जान सक्छ।’

मनाङेले दुई हप्ता भए पनि काम गर्ने बताएका थिए। ‘यो सरकार दुई हप्तामा जान सक्छ, दुई हप्ता भए पनि काम गर्ने हो, नयाँ मान्छे आउँदा पनि काम गर्नैपर्छ, मैले पृथ्वी दाइलाई सपोर्ट गर्नुपर्‍यो,’ उनले भनेका थिए।

दुई हप्ताको मनाङेको पूर्वानुमान ४ दिनअगाडि सर्‍यो। मन्त्री पद गए पनि आफू सांसदका रुपमा रहिरहने मनाङेको प्रष्टोक्ति छ।

मनाङेले दुई हप्तामा रिजल्ट ल्याउने दाबी गरे पनि १० दिन मन्त्री भएर बिदा भए। ‘मन्त्री पद जाला रे, सांसद जितेर आएको हो, सांसद पद त होला नि, म २ हप्ता, १० दिनमा रिजल्ट ल्याउँछु, सबैले सहयोग गर्नुहोला,’ उनले भनेका थिए।

मनाङेले खेलाडीलाई खेल्न मात्र नलगाउने बताउँदै जीविकोपार्जन गर्न पनि सघाउने प्रतिवद्धता व्यक्त गरेका थिए। उनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सहयोग गर्ने बताएका छन्।

यसैबीच, मुख्यमन्त्री गुरुङले आइतबार राजीनामा दिएपछि १० दिन मन्त्री बनेका मनाङे पनि बिदा भएका हुन्। मुख्यमन्त्री गुरुङले स्थिरता नचाहनेहरूको अराजनीतिक चलखेलका कारण काम गर्न नसक्ने स्थिति आएको बताएका छन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन्।

आइतबार राजीनामा दिएपछि वक्तव्य जारी गर्दै गुरुङले स्थिरता नचाहने र विकास विरोधी तत्वको चलखेलका कारण एउटै घोषणापत्रबाट निर्वाचनमा गएको दलले असहयोग गरेकाले काम गर्ने वातावरण नभएको उल्लेख गरेका छन्।

गुरुङले देशमा स्थिरता नचाहने, विकास विरोधी तत्वहरूको अराजनीतिक चलखेलको कारण हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्रमार्फत् निर्वाचनमा गएका दलहरूबाट असहयोग र अस्थिरताको वातावरण सिर्जना भएका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएको उल्लेख गरेका छन्।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिएकी छिन्। र, अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा (३) बमोजित मौजुदा मन्त्रिपरिषदले कार्यसञ्चालन गर्न आग्रह गरेकी छन्।

रमेश खरेल अब राजनीतिमा ? (अन्तरवार्ता)

प्रकाशित : २६ बैशाख २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल