Logo

राजनीति

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले राजीनामा दिँदै भने, ‘जनताका बैरी दण्डित हुन्छन्’



पोखरा, २६ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन्। आइतबार राजीनामा दिएपछि मुख्यमन्त्री गुरुङले स्थिरता नचाहनेहरूको अराजनीतिक चलखेलका कारण काम गर्न नसक्ने स्थिति आएको बताएका छन्।

आइतबार राजीनामा दिएपछि वक्तव्य जारी गर्दै गुरुङले स्थिरता नचाहने र विकास विरोधी तत्वको चलखेलका कारण एउटै घोषणापत्रबाट निर्वाचनमा गएको दलले असहयोग गरेकाले काम गर्ने वातावरण नभएको उल्लेख गरेका छन्।

गुरुङले देशमा स्थिरता नचाहने, विकास विरोधी तत्वहरूको अराजनीतिक चलखेलको कारण हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्रमार्फत् निर्वाचनमा गएका दलहरूबाट असहयोग र अस्थिरताको वातावरण सिर्जना भएका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएको उल्लेख गरेका छन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन्।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिएकी छिन्। र, अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा (३) बमोजित मौजुदा मन्त्रिपरिषदले कार्यसञ्चालन गर्न आग्रह गरेकी छन्।

प्रदेश प्रमुख पौडेलले आइतबार नै संविधानको धारा १६८ (२) बमोजिम तीन दिनभित्र नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई आह्वान गरेकी छन्। धारा १६८ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

गुरुङले एउटै मोर्चाबाट चुनाव लड्ने, सरकारमा बस्ने र अहिले बञ्चरो प्रहार गर्ने काम गरेको बताउँदै नेकपा माओवादी केन्द्रप्रति आक्रोश पोखेका छन्।

एउटै चुनावी मोर्चावाट लड्ने, एउटै घोषणापत्रवाट प्रतिज्ञा गर्ने, सरकारमा बस्ने अनि अहिले आएर बञ्चरो प्रहार गर्ने प्रबृति लोकतन्त्र, संघीयता र गणतन्त्रका लागि हानी पुर्‍याउने प्रवृति भएको बताउँदै गुरुङले भनेका छन्, ‘हामीलाई थाहा छ बञ्चरोले बिर्सन त सक्ला सयौं चोट पाएको रुखलाई जीवनभर आफ्नो चोटको याद हुनेछ।’

रमेश खरेल अब राजनीतिमा ? (अन्तरवार्ता)

प्रकाशित : २६ बैशाख २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल