Logo

राजनीति

प्रधानमन्त्रीलाई माधव नेपालको चेतावनी, ‘अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति नगरियोस्’



काठमाडौं, २५ वैशाख – नेकपा एमालेको विवाद मिलाउन दोश्रो पुस्ताका नेताहरू सक्रिय रहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिँदै फेसबुक पोस्ट लेखेका छन्।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका हुन्।

वरिष्ठ नेता नेपालले समाजिक सञ्जालमार्फत् ओलीलाई संवैधानिक परिषद्मा नियुक्ति नगर्न चेतावनी दिएका हुन्। प्रधानमन्त्री ओलीले आइतबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठकमा सहभागी नहुने बताइसकेका छन्। सभामुख अग्निप्रसाद सापकोटा पनि बैठकमा सहभागी हुने छैनन्।

वरिष्ठ नेता नेपालले अध्यादेशमार्फत् बलमिच्याइँ गर्न नहुने बताएका छन्। नेपालले अहिले मुलुकको ध्यान कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुपर्नेमा पनि जोड दिएका छन्।

मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन नमिल्ने नेपालले स्मरण गराएका छन्। नेता नेपालले गलत बाटोबाट गरिने यस्ता नियुक्ति रोक्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित हुन आग्रह गरेका छन्।

‘कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो,’ नेपालले भनेका छन्।

एमालेको विवाद मिलाउनका लागि ओली पक्षबाट नेताहरू सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्ट लगायत छलफलमा छन्।

केपी ओलीको सत्तामाथि खतराको घण्टीः गगन थापाको अन्तरवार्ता (भिडियो)

प्रकाशित : २५ बैशाख २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल