Logo

समाचार

‘गैरआवासीय नेपाली युवाको युगान्तकारी परिवर्तनका लागि अब दोश्रो पुस्ता’



न्यूयोर्क, २३ वैशाख – गैरआवासीय नेपाली संघ एनआरएनएमा दोश्रो पुस्ताको नेतृत्व प्रभावशाली रुपमा अघि बढिरहेको छ। एनआरएनएलाई नवीन ढंगले अघि बढाउने र युवालाई नेतृत्वका लागि तयार गर्ने उद्देश्यले दोश्रो पुस्ताले अगुवाई गर्न थालेका हुन्।

गैरआवासीय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाको युवा संयोजक पदमा उम्मेदवारी दिएका एनआरएनए अभियन्ता त्रिभुवन पाण्डेले अब एनआरएनएलाई युवा पुस्ताले अघि बढाउनुपर्ने बताएका छन्।

युवा संयोजक पदका उम्मेदवार पाण्डेले युवाहरूलाई एकीकृत गरी एउटा जीवन्त अभियान प्रारम्भ गर्नुपर्ने बताएका छन्। युवा अभियन्ता पाण्डेले प्रवासमा रहेका युवाहरूलाई एकीकृत गरेर अघि बढ्ने योजना बनाएका छन्।

‘अग्रजहरूको सम्मान र आज्ञादेश अनुसार हामी अघि बढ्छौं, युवा पिढीको जोश र हौसलालाई सामाजिक रुपान्तरणका लागि प्रयोग गर्दै अघि बढ्ने योजना हामीले बनाएका छौं,’ पाण्डेले भने।

प्रवासमा रहेका सबै नेपाली युवाका लागि समेटेर नेपाल र नेपालीका लागि गर्न सक्ने सबै काम अघि बढाउने योजना बनाएका पाण्डेले युगान्तकारी परिवर्तनका लागि युवाले नेतृत्व गर्नुपर्ने आवश्यकता औल्याएका छन्।

‘भर्खरै युवा अवस्थामा टेकेकाहरूदेखि जीवनको उत्तरार्धतर्फ लम्किँदै गरेका सबै नेपालीहरूको भावना प्रतिबिम्बित गर्ने गरी योजना बनाएको छु, ती योजनालाई विशिष्टीकृत गरेर नयाँ कार्यक्रमका साथ अघि बढ्ने अठोट लिएको छु,’ पाण्डेले भने।

रमेश खरेल अब राजनीतिमा ? (अन्तरवार्ता)

प्रकाशित : २४ बैशाख २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल