Logo

राजनीति

बागमती प्रदेश राष्ट्रियसभा सदस्यमा रामबहादुर थापा र खिमलाल देवकोटाको उम्मदेवारी दर्ता



हेटौंडा, वैशाख २४ – बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि रामबहादुर थापा र खिमलाल देवकोटाले उम्मेदवारी दिएका छन्। थापाले नेकपा एमालेबाट उम्मेदवारी दिएका हुन् भने देवकोटाले स्वतन्त्ररुपमा उम्मेदवारी दिएका हुन्।

बादलको प्रस्तावमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छन् भने देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्र बागमती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थकमा नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छन्। उनीहरु दुबै प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङले पनि उम्मेदवारी एिका छन्। तामाङको प्रस्तावकमा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन्।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाकाे अन्तरवार्ता (भिडियाे)

प्रकाशित : २४ बैशाख २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल