Logo

राजनीति

हामी सुदृढ र एकताबद्ध एमाले चाहन्छौं, यो हामीले निर्माण गरेको पार्टी हो : माधव नेपाल



काठमाडौं, वैशाख २४ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत नेता नेपालले एमाले आफूहरुले बनाएको पार्टी भएको जानकारी पनि दिएका छन्।

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो, यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं,’ उनले लेखेका छन्।

‘तर अहिलेसम्म कुनै सहमति भएको छैन। २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो,’ उनले थपे।

त्यस्तै, नेता नेपालले यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न पनि आग्रह गरेका छन्। उनले सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान पनि गरे।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाकाे अन्तरवार्ता (भिडियाे)

प्रकाशित : २४ बैशाख २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल