Logo

खेलकुद

‘सेमिफाइनल हार्दा कुनै पनि टिम खुशी हुन सक्दैन, यो एकदमै कठिन क्षण हो’



एजेन्सी, वैशाख २३ – युईएफ च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल खेलमा रियल मड्रिडलाई समग्रमा ३–१ गोलले पराजित गर्दै चेल्सी फाइनल प्रवेश गरेको छ। गयराति भएको सेमिफाइनलको खेलको दोस्रो लेगमा रियललाई २–० गोलले हराएको चेल्सीले समग्रमा ३–१ गोलले जित दर्ता गर्दै फाइनल पुगेको हो।

यससँगै सर्वाधिक धेरै पटकको च्याम्पियन रियल मड्रिडको उपाधि जित्ने चाहना यस सिजनका लागि समाप्त भएको छ। खेलपछि रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानले सेमिफाइनल खेलमा भोगेको पराजय पीडादायी रहेको बताएका छन्।

‘हामी यो भन्न सक्छौं कि चेल्सी जितका लागि लायक थियो, हामीले पनि प्रयास गर्‍याैं,’ जिदानले भने।

‘हाम्रो खेलाडीसँग गौरव महशुस गर्छु, हामीले सक्दो प्रयासमा गरेका हौं तर, फाइनल पुग्न सकेनौं,’ जिदानले थपे, ‘अहिले हामी खुशी छैनौं, सेमिफाइनल हार्दा कुनै पनि टिम खुशी हुन सक्दैन, यो सामान्य कुरा हो। यो कठिन क्षण हो तर हामी भोली फेरि ट्रेनिङ गर्नेछौं।’

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाकाे अन्तरवार्ता (भिडियाे)

प्रकाशित : २३ बैशाख २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल