Logo

खेलकुद

रियल मड्रिड र चेल्सीबीच निर्णायक महाभिडन्त हुँदै : तयारीबारे के भन्छन् प्रशिक्षक ?



एजेन्सी, वैशाख २२ – युईएफ च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल खेलको दोस्रो लेगमा चेल्सी र रियल मड्रिडबीच निर्णायक महाभिडन्त हुँदैछ। खेल नेपाली समयअनुसार स्ट्यामफोर्ड ब्रिजमा बुधबार राति १२ः४५ बजे शुरु हुनेछ।

सेमिफाइनल खेलको पहिलो लेगमा दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए। उक्त खेल रियल मड्रिडको घरेलु मैदानमा भएकोले चेल्सीलाई अवे गोलसँगै घरेलु मैदानको फाइदा छ। यस सिजन दुबै टोलीको प्रर्दशन उत्कृष्ट रहेका कारण खेल रोमाञ्चक तथा प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ।

यसैबीच चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले दोस्रो लेगमा आफ्नो टोली केही फाइदामा रहे पनि कडा चुनौती रहेको बताएका छन्। समग्रमा खेलको पहिलो हाफ मात्र सकिएको बताउँदै उनले उच्च लयमा रहेको रियलविरुद्धको खेल टफ हुने बताए।

‘पूरा खेलभरि चुनौती हुनेछ। यो निर्णायक भिडन्त हो, दबाब शुरु भइसकेको छ,’ टुचेलले भने। ‘टोलीलाई विश्वास र आत्मविश्वासको खाँचो छ,’ उनले थपे, ‘अन्यथा रियलविरुद्ध हाम्रो लागि मौका रहने छैन।’

त्यस्तै, रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानले चेल्सीविरुद्ध प्रत्येक समय चुनौती रहेको बताएका छन्। ‘उनीहरु उत्कृष्ट छन्, तर हामी जहाँ हुनुपर्ने हाे त्यहाँ छौं र त्यसको लायक पनि छौं,’ जिदानले भने।

फाइनल पुग्नका लागि आफ्नो टोली सही आकारमा रहेको जानकारी दिँदै उनले टोलीको हौसला बढाएका छन्। ‘यहाँ सबैजना तयार छन्, हामी यो सेमिफाइनलमा सकेको सबै प्रयास गर्नेछौं, जुन खेल प्रत्येक दिन आउँदैन,’ उनले भने, ‘लाइन अपले केही फरक पार्दैन, तर हामीले कसरी खेल्छौं भन्ने कुराले फरक पार्छ,’ उनले थपे।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाकाे अन्तरवार्ता (भिडियाे)

प्रकाशित : २२ बैशाख २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल