Logo

समाचार

गोरखाबाट १४ वर्षीया बालिकालाई काठमाडौं ल्याएर बलात्कार, भाग्दाभाग्दै पक्राउ परे शिक्षक



काठमाडौं, वैशाख २२ – महानगरीय प्रहरी परिसर काठमाडौंले १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय शम्भु लामा रहेका छन्।

लामाले आफ्नै विद्यार्थीलाई गोरखाबाट काठमाडौं ल्याएर सुन्धाराको होटलमा राखी बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ। लामा गोरखाको विद्यायलयमा पढाउने शिक्षक हुन्। उनी काठमाडौंको पुतलीसडकमा बस्ने गरेका थिए। लामाले विद्यार्थीलाई फकाएर काठमाडौं ल्याएको र जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ।

जबरजस्ती करणी गरेको सूचनाका आधारमा खटिएको प्रहरीले लामालाई मंगलबार बानेश्वरबाट पक्राउ गरेको हो। उनलाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाकाे अन्तरवार्ता (भिडियाे)

प्रकाशित : २२ बैशाख २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल