Logo

राजनीति

प्रधानमन्त्री ओलीविरूद्ध माेर्चाबन्दीकाे प्रयासमा प्रचण्ड, राजनीतिक भेटवार्तामा भए सक्रिय



काठमाडौं, वैशाख २२ – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहित माओवादी केन्द्र ओलीलाई असफल बनाउने रणनीतिमा जुटेका छन्।

यसैक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन्। छुट्टाछुट्टै भएको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको बताइएको छ।

जसपामा यादवसहित बाबुरा भट्टराई प्रधानमन्त्री ओलीको विरुद्धमा उभिएका छन्। त्यसकारण प्रचण्ड र यादवबीच विश्वासको मतमा ओलीलाई असफल बनाउने विषयमा छलफल भएको हाे। एमालेभत्रि असन्तुष्ट रहेका माधव नेपालसँग पनि प्रचण्डले कसरी अघि बढ्ने भनेर छलफल गरेको बताइएको छ।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाकाे अन्तरवार्ता (भिडियाे)

प्रकाशित : २२ बैशाख २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल