Logo

विश्व

२५ वर्षीया महिलाले एकैपटक जन्माइन् ९ बच्चा, बचाउन चुनौती हुने डाक्टरको भनाई



एजेन्सी, वैशाख २२ – अफ्रिकी देश मालीमा एक महिलाले ९ जना बच्चा जन्माएकी छिन्। हालिमा सिसे नाम गरेकी २५ वर्षीया महिलाले ५ छोरी र ४ छोरालाई जन्म दिएकी हुन्।

मालीको स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले मंगलबार एक विज्ञप्ति जारी गर्दै मोरोक्कोको एक अस्पतालमा ती महिलाले ९ बच्चा जन्माएको जानकारी दिएकी छिन्।

यसअघि गरिएको अल्ट्रासाउन्डमा उनको पेटभित्र सात वटा बच्चा रहेको देखिएको थियो। हाल ती महिला र बच्चाहरुको स्वास्थ्यवस्था राम्रो रहेको बताइएको छ। डाक्टरहरूले एकै पटक ९ बच्चा जन्मिनु दुर्लभ घटना भएको भन्दै आमा र सबै बच्चाहरूलाई बचाउनु चुनौतीपूर्ण हुने बताएका छन्।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाकाे अन्तरवार्ता (भिडियाे)

प्रकाशित : २२ बैशाख २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल