Logo

खेलकुद

‘च्याम्पियन्स लिगको उपाधि जित्न नेयमार र एमबाप्पेले पिएसजी छोड्नुपर्छ’



एजेन्सी, वैशाख २२ – सेमिफाइनलबाट खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग पराजित हुँदै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) युईएफ च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ। पहिलो लेगमा २–१ गोलले हारेको पिएसजी दोस्रो लेगमा २–० गोलले पराजित हुँदै(समग्रमा ४–१ गोलले हार्दै) सेमिफाइनलबाट बाहिरिएको हो।

पहिलोटक उपाधि जित्ने लक्ष्य बोकेको पिएसजीले यस वर्ष पनि त्यो सौभाग्य पाएन। गत सिजनको च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिखसँग पराजित हुँदा पिएसजी उपाधि उचाल्नबाट चुकेको थियो। यससँगै पिएसजीमा रहेका २ युवा फरवार्डको भविष्यबारे चर्चा हुन थालेको छ।

नेयमार जुनियर र केलियन एमबाप्पेको मुख्य उद्देश्य नै पिएसजीलाई च्याम्पियन्स लिगको उपाधि जिताउनु थियो। यो कुरा उनीहरुले सञ्चारमाध्यममा पनि पटकपटक भनेका थिए। टोलीलाई उपाधि जिताउन हरेक प्रयास पनि गरे। सेमिफाइनल खेलको दोस्रो लेगमा एमबाप्पे मैदान उत्रन सकेनन्। उनी मैदान उत्रिएको भए खेलको नतिजा अर्कै हुन्थ्यो कि भन्ने आशय धेरै फुटबलप्रेमीले व्यक्त गरिरहेका छन्।

म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले सेमिफाइनलको पहिलो लेगअघि नेयमार बार्सिलोनामा बसेको भए धेरैपटक च्याम्पियन्स लिगको उपाधि जित्ने बताएका थिए। सायद उनी केही हदसम्म सत्य साबित पनि भए। यससँगै पिएसजीमा नेयमार र एमबाप्पेको भविष्य अन्यौलमा छ। एमबाप्पेले आफू पिएजसीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन क्लबमा रहेको बताउँदै आएका थिए।

सामाजिक सञ्जाल ट्विटरमा धेरै फुटबलप्रेमीहरुले नेयमार र एमबाप्पेले च्याम्पियन्स लिगको उपाधि जित्न पिएसजी छोड्नेपर्ने बताएका छन्। एमबाप्पे सम्भवतः रियल मड्रिडमा जाने बताइएको छ। उता, पिएसजीले बार्सिलोनाका कप्तान लियोनल मेसीलाई क्लब भित्र्याउन प्रयास गरिरहेका बेला नेयमारले कस्तो निर्णय लिन्छन् निकट भविष्यमा नै थाहा होला।

रमेश खरेल अब राजनीतिमा ? (अन्तरवार्ता)

प्रकाशित : २२ बैशाख २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल