Logo

राजनीति

प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिने नेकपा माओवादी केन्द्रको ‘निर्णय’



काठमाडौं, २१ वैशाख – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। मगंलबार बसेको पार्टीको स्थायी समितिको बैठकले प्रधानमनत्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएर विश्वासको मत लिने प्रधानमन्त्री ओलीको कदमको राजनीतिक आशय र उद्देश्य राम्रो नदेखिएको ठहर बैठकले गरेको छ।

काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठकले प्रधानमन्त्री ओलीको कदमलाई सचेततापूर्वक ध्यान दिनुपर्नेमा जोड दिएको श्रेष्ठले बताएका छन्।

फागुन २३ को सर्वोच्च अदालतको आदेश अनुसार चैत २३ भित्र नै विश्वासको मत लिनुपर्छ भनेर आफूहरुले भने पनि नलिएको र अहिले नियमित अधिवेशन बोलाउने समय भएको श्रेष्ठले बताएका छन्।

‘प्रधानमन्त्रीको राजनीतिक आशय र उद्देश्य राम्रो देखिँदैन, यसलाई दलहरू र लोकतान्त्रिक शक्तिहरूले सचेततापूर्वक ध्यान दिन आवश्यक छ,’ श्रेष्ठले भने।

यसैबीच, बैठक सकिँदा कार्यालय समय पनि सकिइसकेको हुँदा समर्थन फिर्ता लिइएको पत्र बुधबार मात्रै बुझाउने तय भएको एक नेताले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले यसअघि नै विश्वासको मत लिने बताइसकेका छन्।

केपी ओलीमाथि खतराको घण्टीः कांग्रेस नेता गगन थापाको अन्तरवार्ता

प्रकाशित : २१ बैशाख २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल