Logo

समाचार

बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना, ४ जनाको मृत्यु



बैतडी, वैशाख २१ – बैतडीमा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ। उक्त दुर्घटनामा ६ जना घाइते भएका छन्। पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेको जिप मंगलबार दिउँसो दुर्घटनामा परेको हो।

से १ ज १८३ नम्बरकाे जिप सोही वडाको गणमेश्वर मोडमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का २७ वर्षीय हिक्मत भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, ४० वर्षीय दीपक भण्डारी र ५० वर्षीय जितसिंह भण्डारी रहेका छन्।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ। चट्याङ लागेर ज्यान गुमाएका वडा सदस्यको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने क्रममा जीप दुर्घटनामा परेको हो।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाकाे अन्तरवार्ता (भिडियाे)

प्रकाशित : २१ बैशाख २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल