Logo

समाचार

कोठाभित्र कोइला बाल्दा निसास्सिएर युवतीको मृत्यु, २ जना घाइते



भक्तपुर, वैशाख २१ – कोठा थुनेर कोइला बाल्दा भक्तपुरमा एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रे तिमाल गाउँपालिका–३ की २२ वर्षीया सुनिता तामाङ रहेकी छिन्।

भक्तपुर प्रहरीका अनुसार सुत्केरी सेक्नका लागि बालिएको कोइलाका कारण निसास्सिएर सुनिताको मृत्यु भएको हो। सुनिताकी बहिनी अनिता र आमा बेहाेस भएका छन्। अनिता भर्खरै मात्र सुत्केरी भएको र उनलाई सेक्नका लागि कोठामा कोइला बालेको पाइएको प्रहरीको भनाई छ।

उनीहरुले झ्याल–ढोका थुनेर कोइला बालेका थिए। घाइते भएका आमा शान्तिमाया तामाङ र छोरी १८ वर्षीया अनिता तामाङको अहिले मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। आइतबार राति ११ बजे घरको झ्याल–ढोकाको चुकुल फोडेर उनीहरूलाई निकालिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

प्रकाशित : २१ बैशाख २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल