Logo

खेलकुद

म्यानचेस्टर सिटी र पिएसजीबीच निर्णायक महाभिडन्त हुँदै, कसको रणनीति कस्तो ?



एजेन्सी, वैशाख २१ – युईएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल खेलको दोस्रो लेगमा म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मनबीच निर्णायक महाभिडन्त हुँदैछ। खेल नेपालीसमयअनुसार मंगलबार राति १२ः४५ बजे शुरु हुनेछ।

पहिलोपटक च्याम्पियन बन्ने सपना बोकेका दुबै टोलीले यस सिजनको च्याम्पियन्स लिगको उत्कृष्ट शुरुवात गरेका थिए। उपाधि दाबेदार मानिएका टोलीहरुलाई पन्छाउँदै सेमिफाइनल आइपुगेका दुईटोलीबीचको पहिलो लेग समाप्त भइसकेको छ। पिएसजीको घरेलु मैदानमा भएको पहिलो लेगमा म्यानचेस्टर सिटी विजयी भएको थियो।

पहिलो लेगमा पछि परेको पिएसजीका लागि सिटीको घरेलु मैदानमा हुने खेल चुनौतीपूर्ण मानिएको छ। तर, प्रशिक्षक र खेलाडीहरुले कमब्याक गर्दै फाइनल पुग्नेमा विश्वस्त रहेको बताउँदै आएका छन्। मंगलबारको खेलमा पिएसजीलाई कुनै पनि हालतमा खेल जित्नुपर्ने दबाब छ। पहिलो लेगमा अभागी (माउरिसियो पोचेटिनोको भनाइ) साबित भएको पिएसजीले दोस्रो लेगमा शुरुदेखि नै आक्रमक खेल खेल्ने रणनीति बनाएको छ।

तर, युवा फरवार्ड केलियन एमबाप्पे मैदान उत्रने सक्ने सम्भावना न्यून रहेको छ। त्यसकारण पिएजसीको आक्रमण केही फितलो हुन सक्ने अनुमान गरिएको छ। उद्यपि, नेयमार जुनियर, डी मारिया र इकार्डीले गतिलो आक्रमण बुन्न सक्ने आँकलन गर्न सकिन्छ। मुख्य प्रशिक्षक माउरिसियो पोेचेटिनोले आक्रमण पहिलो प्राथमिकता भए पनि डिफेन्समा गल्ती गर्न नहुने दोहो¥याएका छन्। पहिलो लेगमा सिटीको २ गोललाई दुर्घटनाको संज्ञा दिएका उनले खेलमा कमब्याक गर्न सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने स्पष्ट पारेका छन्।

उता, पहिलो लेगमा अघि रहेको घरेलु टोली सिटीको मनोबल उच्च छ। सिटीका मुख्य प्रशिक्षक पेप गवार्डिओलाले फुटबल ढुक्क भएर बस्न नहुने बताएका छन्। खेलमा आफ्नो टोलीलाई केही फाइदा भए पनि आवश्यकता भन्दा बढी कन्फिडेण्ट घातक हुन सक्ने भन्दै उनले आफ्नो टोलीलाई सचेत गराएका छन्।

ग्वार्डीओला च्याम्पियन्स लिग फुटबलमा भएका उत्कृष्ट कमब्याकका बारेमा जानकार छन्। त्यसैले सिटीको रणनीति ‘स्लो अट्याक’ हुनेछ। सिटीले डिफेन्स मजबुत बनाउँदै खेलमा विस्तारै आक्रमणको गति बढाउने तयारी गरिरहेको बताइएको छ। खेल जित्नकै लागि खेलिन्छ। तर, पिएसजीलाई बराबरी रोकेमा सिटी फाइनल पुग्नेछ। सो खेलमा सिटी १–० गोलले पराजित भएमा पनि अवे गोलका आधारमा सिटी नै अघि बढ्नेछ।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाकाे अन्तरवार्ता (भिडियाे)

प्रकाशित : २१ बैशाख २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल